Comments Add Comment

३० दलीय मोर्चाको आमहड्ताल फिर्ता, उपेन्द्रकाे अापत्ति

फाइल फोटो
फाइल फोटो

२४ चैत, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले आम हड्ताल फिर्ता लिएको छ । तर, फाेरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अलग्गै विज्ञप्ति जारी गर्दै प्रचण्ड माेर्चाले धाेका दिएकाे बताएका छन् ।

भर्खरै सकिएको मोर्चाको बैठकले भोलि र पर्सीको बन्द फिर्ता लिने निर्णय गरेको हो । एमाओवादी मोर्चाले तीन दिने आम हड्ताल आहृवान गरेको थियो, जसको पहिलो दिन देशभरको जनजीवन प्रभावित भयो ।

३० दलीय मोर्चाको बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले बन्द फिर्ताको प्रस्ताव गरेका थिए । संविधानसभाको बैठक ३० गतेका लागि राखिएकाले बन्द फिर्ता लिइएको प्रचण्डले बताएका छन् ।

स्रोतका अनुसार २३ गतेको संविधानसभाको बैठकले बहुमतीय प्रक्रिया बढाउने र त्यसले आन्दोलनलाई उत्कर्षमा पुग्ने ३० दलको विश्लेषण थियो । तर, एमालेका पूर्व सभासद रामनाथ ढकालको निधनका कारण २३ गतेको बैठकले शोक प्रस्ताव पारित मात्र गर्‍यो ।

संविधानसभाको बैठक ३० गतेसम्मका लागि स्थगित भएको छ । यसले बन्द जनतालाई दुःख दिन मात्र हुने भन्दै चतर्फी दबाव आएकाले अब बन्द फिर्ता लिनु पर्ने प्रचण्डको प्रस्ताव थियो ।

बैठकमा सद्भावनाका अध्यक्ष राजेन्द्र महतो र तमलोपाका अध्यक्ष महन्थ ठाकुरले भने घोषित कार्यक्रम फिर्ता लिन नहुने धारणा राखेका थिए । फोरम अध्यक्ष उपेन्द्र यादव बिराटनगरमा भएकाले बैठकमा सहभागी थिएनन् ।

अशाेक रार्इ नेतृत्वकाे संघीय समाजवादीले पनि नेपाल बन्द फिर्ता लिन नहुने बैठकमा अडान राखेकाे थियाे ।

याे पनि पढ्नुहाेस्
उपेन्द्र यादव भन्छन्- प्रचण्डले धोका दिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment