+
+

पेस्तोलसहित युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २६ गते १०:५१

२६ चैत, सिरहा । सिरहाको मिर्चैया नगरपालिका– ५ का एक युवकलाई अटोमेटिक पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २० वर्षीय घुसका भन्ने सञ्जय मण्डल रहेका छन् ।

विशेष सुराकीको आधारमा मण्डललाई नियन्त्रणमा लिएर शरीर जाँच गर्दा अटोमेटिक पेस्तोल र सोमा लाग्ने चार राउण्ड गोली बरामद भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक हरि खतिवडाले जानकारी दिए ।

उनका अनुसार मण्डल जबर्जस्ती करणी मुद्दामा दुई वर्ष जेल सजाय काटेका व्यक्ति हुन् ।

पेस्तोल कहाँबाट ल्याएको र किन राखेको भन्ने विषयमा मण्डलमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?