+
+

वीरेन्द्र तालमा पहिरो, सामागाउँ-साम्दो जोड्ने पुल बग्यो

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २६ गते १४:१८

२६ चैत, गोरखा । गोरखाको सामागाउँमा रहेको वीरेन्द्र तालमा हिम पहिरो गएको छ । हिउँको ठूलो ढिस्को तालमा खसेपछि अनियन्त्रित भएर बाहिर निस्किएको पानीले मनास्लु पदमार्गअन्तर्गतको सामागाउँ-साम्दो जोड्ने काठको पुल बगाएको छ ।

Birendra-Tal-Below-Manaslu

  • वीरेन्द्र तालको फाइल तस्वीर

प्रहरी नायब उपरीक्षक अर्जुनचन्द ठकुरीले मनास्लु हिमश्रृङ्खलाबाट झरेको हिउँको ढिस्को तालको पानीमा बज्रेपछि सामान्य क्षति भएको बताए । स्थानीयले हिम पहिरो गएर ताल फुटेको बताएपछि अवलोकनका लागि सामागाउँ प्रहरी चौकीको टोलीलाई खटाइएको ठकुरीले जानकारी दिए ।

स्थानीयले तालमा पहिरो जाँदा ठूलो आवाज आएको र सामागाउँ क्षेत्रमा बाफ फैलिएको बताएका छन् ।

ताल गोरखा सदरमुकामदेखि ५२ कोस टाढा तथा सामागाउँ बजारदेखि करिब आधा घन्टाको दूरीमा पर्दछ । तालबाट निस्केको पानी बूढीगण्डकी नदीमा मिसिन्छ ।

-तस्वीर : विकिमापिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?