Comments Add Comment

चलचित्रमा फर्किने योजनामा रहेकी रञ्जनालाई मोटोपन तगारो

ranjana-sharma
पाँच वर्षअघि अमेरिका पुगेकी नायिका रञ्जना शर्माको नेपाली चलचित्रसँग सम्बन्धबिच्छेद जस्तै छ ।
न्यूयोर्कमा ब्युटी पार्लर चलाएर बसिरहेकी यी नायिकाले अमेरिका पाइला टेकेदेखि क्यामेरा अगाडि उभिएर एक्सन कटको सम्बाद सुन्न पाएकी छैनन् ।

बेलाबेला न्यूयोर्कमा प्रर्दशन हुने नेपाली चलचित्र हेरेर नेपाली चलचित्र उद्योगसँगको आफ्नो पुरानो सम्बन्धको यादमा डुब्ने गर्छिन । नेपाल फर्किएपछि फेरि चलचित्रमा फर्किने योजना बनाएकी रञ्जना आफ्नो मोटोपनादेखि चिन्तित छिन् ।

केही समयदेखि अस्वभाविकरुपमा मोटाएकी उनलाई पुनः नायिकाका रुपमा नेपाली चलचित्रमा फर्किन नपाइएला कि भन्ने चिन्ता छ ।

‘नियमित ब्यायाम गर्न नपाएपछि ज्यान निकै मोटायो’ अनलाइनखबरसँगको कुराकानीमा उनले भनिन्- पहिले ज्यान घटोस् अनि मात्रै चलचित्र खेल्नेबारे सोच्छु ।’ अमेरिका पुगेयता नेपाल नफर्किएकी रञ्जनालाई न्यूयोर्कमा भेटिने दर्जनौैं नेपाली कलाकारका कारण खासै टाढा भएजस्तो लागेको छैन ।

गायक यम बराल, संगीतकार कनैया सिंह, गायिका अन्जना गुरुङ जस्ता कलाकारसँग उनको नियमित भेट हुन्छ । तीजस्तै ५२ जना नेपाली कलाकार मिलेर ‘नेपाली अमेरिकन एशोसिएसन’ गठन गर्न उनी पनि सक्रिय भइन् ।

त्यहि संस्था मार्फत नेपालको सामाजिक काममा लगानी गर्ने उनीहरुको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment