Comments Add Comment

झापा राष्टिय लिग फुटबलको शीर्ष स्थानमा उक्लियो

२६ चैत, धनगढी । सुदूरपश्चिम फुटबल क्लबलाई पराजित गर्दै झापा ११ राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

बिहीबार भएको खेलमा झापाले सुदूरपश्चिम फुटबल क्लबलाई २–० गोलले पराजित गरेको हो । स्थानीय रङ्गशालामा भएको खेलमा झापा–११ का लागि दुबै गोल कर्ण लिम्बूले गरे ।

पहिलो हाफको ३६औं र दोस्रो हाफको ८६औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई जित दिलाएका थिए । उनी प्रतियोगितामा ‘म्यान अफ द म्याच’ घोषित भइ पुरस्कृत भए ।

सुरुदेखि नै सुदूरपश्चिमलाई निकै दबाबमा राखेको झापा–११ ले गोल गर्ने केही सुनौलो मौका गुमाएको थियो । दर्शकको ठूलो साथ पाएपनि घरेलु मैदानमा सुदूरपश्चिमले गोल गर्ने अवसर गुमाउन पुग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment