+
+

सातामा १३ लाख कित्ता बोनस सेयर थपिए, नेप्से सूचक साढे १२ अंकले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २७ गते १८:२२

२७ चैत काठमाडौं । यो सता नपाल स्टक एक्सचेञ्जमा १३ लाख कित्ता बोनस सेयर सूचीकृत भएका छन । तीन वटा लधुवित्त र एक विकास बैंक गरी चार संस्थाका सो परिमाणको सेयर सूचीकृत भएको हो ।

एक्सचेञ्जका अनुसार स्वावलम्बन लघुवित्त विकास बैंकको ६ लाख ९९ हजार कित्ता, इनोभेटिभ डेभलपमेन्ट बैंकको १ लाख ८७ हजार, अल्पाइन डेभलपमेन्ट बैंकको १ लाख ८० हजार र तिनाउ विकास बैंकको २ लाख ४१ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

Bull

 सूचक साढे १२ अंकले बढ्यो

यो साता १२.६४ अंकले बढेर नेप्से परिसूचक ९४६.८९ अंकमा उक्लिएको छ । साताभरमा नेप्सेमा १ सय ६६ कम्पनीका २४ लाख १० कजार कित्ता सेयर ८० करोड ३१ लाख रुपैयाँमा किनबेच भएका छन ।  यो साताको कारोबार रकम गत साताको भन्दा  १९.६१ प्रतिशतले बढी हो ।

गत साता १ सय ६९ कम्पनीहरुका  १९ लाख ९ हजार कित्ता सेयर ६७ करोड १५ लाख रुपैयाँमा किनबेच भएका थिए । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ३.२७ अंकले बढेेेर २०१.८८ अंकमा आइपुगेको छ ।

 यी हुन साताका उत्कृष्ट कम्पनी

यो साता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्र स्थानमा छ । साताभरमा यस कम्पनीको १९ करोड २० लाख ९० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी, चिलिमे हाइड्रोको ५ करोड रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको साढे ४ करोड रुपैयाँको संस्थापक सेयर,  प्रभु बैंकको ३ करोड रुपैयाँ र २ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ ।

यो साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि ५ दिन खुला रहृयो भने ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?