+
+

रमौली प्रतापपुरबाट गैंडा गणना शुरु

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २८ गते ९:१३

२८ चैत, चितवन । विश्वमै दुर्लभ मानिएको एकसिंगे गैंडाको चितवन राष्ट्रिय निकुञ्जमा गैंडा गणना सुरु गरिएको छ । गैंडाको संख्या पत्ता लाउने र चुनौती मापन गर्ने उद्देश्यले ४ बर्षपछि गणना थालिएको हो । यस अघि सन् २०११ मा गणना भएको थियो । गणनाले बासस्थान संरक्षणमा र चुनौतीलाई निराकरण गर्ने थप सहयोग पुर्‍याउने निकुञ्ज विभागको दावी छ ।

Chitwan-Gaindaशनिबार बिहान गणना अन्तर्गत चितवन-पर्सा कम्प्लेक्सको (चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्ष) पर्सा वन्यजन्तु आरक्ष अन्तर्गतको रमौली प्रतापपुरबाट गैंडा गणना शुरु गरेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले जानकारी दिए ।

सुरुवात कार्यक्रममा वन र निकुञ्ज विभागका महानिर्देशक, डब्लुडब्लुएफका नेपाल प्रतिनीति लगयात संरक्षणकर्मीको उपस्थिती थियो । बिहान वनदेवीको पुजा गरिएको थियो ।

निकुञ्जद्धारा जारी विज्ञप्तीमा गणनामा जिल्ला वन कार्यालय चितवन र नवलपरासी, निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको श्रीजंग गण, चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका वरिष्ठ पशु चिकित्सक, चितवन राष्ट्रिय निकुञ्ज-मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, राष्ट्रिय प्रकृति संरक्षण कोष-जैविक विविधता संरक्षण केन्द्र, तराई भू-परिधि कार्यक्रम, नेचर गाइड एशोसियशन, लगायतका सरोकारवालाको प्रत्यक्ष संलग्नता रहेको निकुञ्जद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यस वर्षको गणनाको लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको २८ वटा, पर्सा वन्यजन्तु आरक्ष कार्यालयको ४ वटा र राष्ट्रिय प्रकृति संरक्षण कोष-जैविक विविधता संरक्षण केन्द्रको २ वटा गरी जम्मा ३४ वटा हात्ती प्रयोग गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुवंरले जानकारी दिए ।

४० जना गणकलाई प्रयोगात्मक अभ्यास सहितको तालिम दिइएको छ । गैंडा पाइने क्षेत्रलाई १९ वटा ब्लकमा विभाजन गरी १० स्थानमा क्याम्प राखी २५ दिन भित्रमा गैंडा गणना कार्य सम्पन्न गर्ने गरी योजनाबद्ध रुपमा तयारी गरिएको छ ।

गणनाका लागि करिव ८० लाख रुपैंया खर्च लाग्ने अनुमान गरिएको छ ।

गणनामा यो पटक गणना थप प्रभावकारी हुनेछ-कुवंरले भने जीपीएस, क्यामरा, रेकर्ड र्फम, वाइनाकुलर, एन्ड्रोड मोवाईल फोन लगायतका सामाग्रीको प्रयोग गरी कुनै गैंडा नछुटुन कोही नदोहोरिउन भनी  सुईप मेथडबाट प्रत्यक्ष गणना भएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्र तथा आसपासको वन क्षेत्रमा विगतमा भएको गणना अनुसार सन् सन् १९९४ मा ४ सय ६६ वटा, सन् २००० मा ५ सय ४४ वटा, सन् २००५ मा ३ सय ७२ वटा, सन् २००८ मा ४०८ वटा र सन् २०११ मा ५ सय ३ वटा गैडा भेटिएको थियो ।

वरण्डाभार, मध्यवर्ती क्षेत्र, नगरवन र सामुदायिक वनमा रहेका गैंडालाई समेत गणनामा समावेश गर्ने विभागले जनाएको छ ।
राजेन्द्र आचार्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?