+
+

रणवीरलाई तालिम दिन थालिन् कट्रिनाले

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २९ गते ८:५९

Ranbir-Katrinaमुम्बई । रणबीर कपुर र कट्रिना कैफ एउटै घरमा बस्न थालेको कुरो सामान्य भैसक्यो । उनीहरुले स्वीकारुन् वा नस्वीकारुन, रणबीर-कट्रिनाको माया प्रेम झन-झन गढा हुँदै आएको विभिन्न घटनाक्रमले पुष्टि गरेको छ ।

पछिल्लो समय रणवीरले शरीरको वेवास्ता गरेको भन्दै कट्रिनाले रणबीरकै लागि भनेर विदेशवाटै प्रशिक्षक झिकाएकी छिन् । अब तिनै प्रशिक्षकले रणबीरलाई प्रशिक्षण दिने भएका छन् । र, रणबीर पुरै फिट हुनेछन् ।

रणवीरले आफ्नो शरीर मेन्टन नगरेकोमा चिन्तित कट्रिनाले चिनजानकै प्रशिक्षण झिकाएकी हुन् । जोसँग बिगतमा उनले प्रशिक्षण लिएकी थिईन् ।

अहिले पनि बलिउडमा कामुक नायिका भनेर चिनिने कटि्रना नियमित ब्यायाम कै कारण यति चुस्त भएको बताईन्छ । यस अघि ‘जग्गा जाशुस’ भन्ने फिल्ममा दुबैले साथसाथ फिटनेस प्रशिक्षण लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?