+
+

मोरङको रंगेलीमा सेवाकेन्द्र विस्तार

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २९ गते १७:४३

२९ चैत, विराटनगर । मोरङको पुरानो सदरमुकाम रंगेलीमा आइतबारबाट एकीकृत सेवा केन्द्र सुरु भएको छ । पहिलो चरणमा २१ स्थानमा सेवा केन्द्र खोल्ने सरकारको तयारी अनुरुप रंगेलीमा सेवा विस्तार गरिएको हो ।

Sewakendra-Rangeli-Morangमोरङको पुरानो सदरमुकाम भएपनि विराटनगरमा सदरमुकाम सरेपछि विकासको पूर्वाधार रंगेली विमुख हुदै आएको थियो ।

सरकारको अवधारणा अनुसार रंगेलीमा मालपोत र नापी कार्यालय विस्तार गरिएको छ भने जिल्ला वन कार्यालय पनि सञ्चालनमा आएको छ । केन्द्रबाट दक्षिणपूर्वी दश गाविससहित रंगेली नगरपालिकाका सेवाग्राही लाभान्वित हुनेछन् ।

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले एक कार्यक्रमबीच सेवा केन्द्र उदघाटन गरे । उदघाटन समारोहमा मन्त्री पण्डितले देशका कतिपय भागमा राजनीतिक चलखेल गर्नका लागि सेवा केन्द्र विस्तारको विरोध भएको बताए । सेवा केन्द्रले जनताको कामलाई समग्र रुपमा सजिलो बनाउने भएपनि केही सीमित स्वार्थ भएका मानिसहरुले चलखेल गरेर यसको विरोध गरेको मन्त्री पण्डितको दावी थियो ।

सरकारले थप १५ स्थानमा पनि कार्यालयहरु चाँडै सञ्चालनमा ल्याउने उनले जानकारी दिए ।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले सेवा केन्द्रको विस्तारले जनस्तरमा सरकारी सेवाको पहँुच बढेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?