+
+

शिल्पाको बिहेदेखि रेखाको अफयेयरसम्मः यी हुन् बर्षका सर्वाधिक चर्चित स्क्यान्डल

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ३० गते ९:११

नेपाली चलचित्रमा वि.सं २०७१ स्क्यान्डलका कारण पनि चर्चित रह्यो । यो बर्ष यस्ता केही घटनाहरु भए, जसले बर्षभरी नै चर्चा पाइराखे । यीमध्ये केही चर्चित स्क्यान्डललाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।

priyanka-kari-wardrope

१. प्रियंकाको भिस्त्री बस्त्र लफडाः यो बर्ष नेपाली चलचित्रमा सर्वाधिक चर्चाको बिषय बन्यो, नायिका प्रियंका कार्कीको भित्री वश्त्र लफडा । चलचित्र ‘नाई नभन्नु ल २’ को सफलता पार्टीमा प्रियंकाले बस्न नजान्दा उनको भित्री बस्त्र मिडियाको क्यामेरामा कैद भयो । डिजिटल मिडियाहरुमा उनको यो तस्वीर भाइरल भएपछि प्रियंका लाजले रातो भइन् र त्यसको प्रतिबाद गर्न खोजिन् । उनले संचारकर्मीलाई अपशब्द प्रयोग गर्दै स्टाटस लेखिन् । यो बिबादमा कलाकार र पत्रकार दुई कित्तामा बाँडिएपछि अन्ततः प्रियंकाले माफी मागिन् र यो घटना साम्य भयो ।

shilpa-and-chabi

२. शिल्पा र छविको बिहेः चलचित्र लज्जाको प्रदर्शनको समयमा निर्माता छविराज ओझा र नव-नायिका शिल्पा पोख्रेलले बिहे गर्ने चर्चा चलाए । मिडियामा पनि यी दुईको बिहेको चर्चा आगोसरी फैलियो । छविले शिल्पाले चाहेका खण्डमा आफू बिहेका लागि तयार रेको प्रतिक्रिया दिएर आगोमा घिऊ थपे । शिल्पाले पनि छविको प्रस्तावलाई ‘सोच्नु पर्ने’ भन्दै नरम प्रतिक्रिया दिइन् । तर, यो घटनाले चर्को रुप लिएपछि शिल्पा र छविले चलचित्र चलाउनका लागि मात्र गरिएको प्रपञ्च भन्दै स्पष्टिकरण दिए । उनीहरुले फिल्म चलाउनकै लागि यस्तो गम्भिर ठट्टा गरेका थिए वा साँच्चै त्यो त समयले नै बताउला तर, यो हर्कतले शिल्पालाई भने निकै अप्ठेरो पर्‍यो । शिल्पाले हालै एक अन्तर्वार्तामा त्यो स्क्याण्डलका कारण निकै रोएको बताएकी छिन् ।

rekha-and-sudarsan

३. रेखा र सुदर्शनको प्रेमः बर्षको अर्को चर्चित स्क्यान्डल हो, नायिका रेखा थापा र कलाकार सुदर्शन गौतमको प्रेम र बिहे । चलचित्र हिम्मतवालीका कलाकार सुदर्शन गौतम र नायिका तथा निर्देशक रेखा थापाले आफूहरु प्रेममा रहेका कुरा गरे । फेसबुकमा रेखा र सुदर्शनले चुम्माचुम्मी गरेका स्टाटस र कमेन्ट सार्वजनिक भए । रेखा थापाले सुदर्शनसँग आफ्नो बिहे हुन सक्ने प्रतिक्रिया दिइन् । फेसबुकबाट सुरु भएको उनीहरुको प्रेम चलचित्र प्रचारका लागि राम्रै स्क्यान्डल साबित भयो । चलचित्र चलेपछि दुईको प्रेम चर्चा पनि एकाएक सेलायो । अहिले उनीहरु नदीका दुई किनारा बनिसके ।

Sarad n nisha at shakti's father Funeral (19)

४. निशा र शरदको लुकामारीः यो बर्षको अर्को चर्चित स्क्यान्डलमा नायिका निशा अधिकारी र क्रिकेटर शरद भेष्वाकरको प्रेम पनि हो । निशाले शरदसँगको प्रेमलाई यसै बर्ष स्विकारिन् र आफैले फेसबुकमार्फत् सार्वजनिक गरिन् । तर, त्यसभन्दा अगाडि मिडियामा आएका कुरालाई हल्ला मात्र भन्दै निशाले मिडियासँग दुश्मनी साधिन् । शरदलाई लिएर चलचित्र हेर्न पुग्नेदेखि विभिन्न सार्वजनिक कार्यक्रममा एकसाथ देखिएर निशाले चर्चा बटुलिन् । निशा र शरदको प्रेम क्रिकेटर शक्ति गौचनका पितृबियोगका बेला आर्यघाटमा पनि देखियो ।

susma-naren

५. सुष्मा कार्की र निरनको ब्रेकअपः नायिका सुष्मा कार्कीले यो बर्ष स्याकन्डलमा आउनका लागि अनेक उपाय रचिन् । जसमध्ये प्रेमी निरनसँगको ब्रेकअप पनि हो । निरनसँग एक बर्ष लिभिङ टूगेदरमा रहेकी सुष्मा पछि ब्रेकअप भयो भन्दै घरमा आएर बस्न थालिन् । जब, उनको र निरनको प्रेम टुट्यो, उनी बिकिनी पोजका साथ फोटोमा देखिइन् । आफू खुला भएको भन्दै उनले निरनको नामको ट्याटु आफ्नो ढाडबाट हटाइन् । यतिमात्र होइन, निरनले आफूलाई यातना दिएको, पिटेको भन्दै मिडियामा खुलेरै कुरा गरिन् । यो घटनाले पनि यो नेपाली फिल्मी बजारमा राम्रै चर्चा पायो ।

sahana-suraj

६. सुरज र साहाना धम्कीः बर्षमा सर्वाधिक चर्चामा रहेको स्क्यान्डल हो, मोडल साहाना बज्राचार्य र भिजे सुरज गिरीको अन्तरंग सम्बन्ध र त्यसले सिर्जना गरेका घटनाहरु । सुरज र साहाना चितवनमा कार भित्र आपत्तिजनक अवस्थामा भेटिएको भन्दै पत्रपत्रिका र सामाजिक संजालमा निकै टिप्पणी भयो । हामीले जवानी साटेका छैनौं भन्दै उनीहरुले बिज्ञप्ति जारी गरे पनि उनीहरु सार्वजनिक कार्यक्रममा जोडीका रुपमा झन् खुलेर हिड्न थाले । त्यसको केही समयमा नै सुरज र साहानाले एक व्यवसायीलाई धम्की दिएको खवर बाहिर आयो । जुन धम्कीले उनीरुलाई हनुमानढोका हिरासतसम्म पुर्‍यायो । केही दिन हिरासत बसेर निस्केपछि यो जोडी अहिले फेरी टेलिभिजनमा नयाँ कार्यक्रम लिएर झुल्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?