+
+
Shares

कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा

ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव देवमाथि एक अर्ब २१ करोड असुल गर्नु पर्ने निष्कर्षसहित राजस्व अनुसन्धान विभागले पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ ।

रासस रासस
२०८२ वैशाख २९ गते १४:२६

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव देवमाथि कर छल गरेको आरोपमा एक अर्ब २१ करोड रुपैयाँ असुल गर्न मुद्दा दायर भएको छ।
  • विभागले देवले वस्तु तथा सेवाको बिलबिजक नदिई, भुक्तानी नगरी, र कर विवरण नपेश गरी राजस्व चुहावट गरेको पाइएको छ।
  • मुद्दामा देवलाई कर चोरीको आरोपमा जरिवाना र कैद सजायको माग गरिएको छ।

२९ वैशाख, काठमाडौं । ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव देवमाथि एक खर्ब २१ करोड रकम असुल गर्नुपर्ने निष्कर्षसहित मुद्दा दायर भएको छ ।

देवमाथि राजस्व अनुसन्धान विभागले ठूलो रकम कर छली गरेको देखिएको उल्लेख गर्दै एक अर्ब २१ करोड रकम असुल उपर गर्नुपर्ने निष्कर्षसहित पाटन उच्च अदालतमा मुद्दा दर्ता गराएको हो ।

‘राजस्व चुहावटसम्बन्धी कसुरमा अनुसन्धान तथा तहकिकात सम्पन्न गरी ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक देवविरुद्ध उच्च अदालत पाटनमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २० (६) बमोजिम मुद्दा दायर गरिएको छ,’ विभागकी प्रवक्ता एवं उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठले जानकारी दिइन् ।

काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित ठेकापट्टा, कन्सल्टेन्सी सेवा तथा कन्स्ट्रक्सन सामान खरिद बिक्री कारोबार गर्ने उक्त कन्स्ट्रक्सन प्रालिका सञ्चालक देवले वस्तु तथा सेवाको हस्तान्तरण नगरी बिलबिजक मात्र जारी गरेको, खरिद कारोबारको भुक्तानी बंैकमार्फत नगरेको तथा बिजक सिलसिलेवार जारी नगरेको देखिएको विभागको अभियोग– पत्रमा उल्लेख छ ।

यस्तै, मूल्य अभिवृद्धि कर विवरण र आय विवरण दाखिला नगरेको, मूल्य अभिवृद्धि कर तथा आयकरतर्फ झुट्टा विवरण पेस गरेको, मालसामान खरिदको स्रोत पुष्टी नभएको तथा नेपाल सरकारलाई नियमानुसार तिर्नु बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर तथा आयकरलगायतका राजस्व नतिरेको विभागले अनुसन्धानबाट खुलाएको छ ।

विभागले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ विपरीत कार्य गरी सोही ऐनको दफा ४ बमोजिमको कसुर गरेको पुष्टि भएकाले प्रतिवादी देवलाई सोही ऐनको को दफा २ (छ १) बमोजिम मूल्य अभिवृद्धि करतर्फ रु ४५ करोड ८० लाख ८३ हजार ४३४ र आयकरतर्फ रु १४ करोड ६५ लाख ३१ हजार ८२४ बिगो बराबरको राजस्व छली गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिइन् ।

सोही ऐनको दफा २३ को उपदफा (१) बमोजिम बिगो असुल तथा बिगोको शतप्रतिशत जरिवाना गरी एक अर्ब २० करोड ९२ लाख ३० हजार ५१६ असुलउपर गर्न तथा ऐनको दफा २३ को उपदफा (१)(घ) बमोजिम कैद सजायको मागदावी लिई अभियोगपत्र दायर गरिएको उनले बताइन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?