+
+

बीमा समितिका अध्यक्षको गाउँमा नेपाल लाइफको शाखा

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २ गते १७:१७

Nepallife-palpa-branch-oppening२ बैशाख, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले पाल्पामा शाखा कार्यालय स्थापना गरेको छ । उक्त शाखाको उदघाटन बीमा समितिका अध्यक्ष प्रा.डा. फत्तबहादुर केसीले गरे । डा. केसीको घर पनि पाल्पा नै हो ।

आफ्नै जिल्लामा शाखा उदघाटन गर्दै अध्यक्ष केसीले जीब्न बीमा क्षेत्रको प्रतिष्ठा अभिवृद्धि गर्न सबैले आ-आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने बताए ।

सो अवसरमा अध्यक्ष केसीले स्थानीयस्तरमा क्रियाशिल बीमाका सरोकारवालाहरुसँग अन्तक्रिया गरेका थिए । केसीले सहभागिहरुका जिज्ञासा समाधान गर्ने प्रयास गर्दै बीमाको महत्वबारे प्रकाश पारे ।

कम्पनीका बरिष्ठ नायव महाप्रबन्धक सुनिल कुमार चौधरीले मुलुकको कुना-कुना सम्म जीबन बीमाको विस्तार गर्ने लक्ष्य रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?