+
+

आइटम डान्स नगर्ने प्रितीले सलमानका लागि जे पनि गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ६ गते १४:५६

preeti-zinta
बलिउडमा नायिकाहरुले आइटम नृत्य गर्ने चलन नै चलेको छ । नायिकाहरु हिट हुनका लागि आइटम गीतमा मात्र भएपनि देखिन थालेका छन् ।

यो भिडमा बलिउडका अधिकांश हिट नायिकाहरु देखिन्छन् । तर, नायिका प्रिती जिन्टाले भने आफूले आइटम गीत नगर्ने बताएकी छिन् ।

आफू कलाकार भएकाले अभिनय गर्न आएको उनले बताइन् । बलिउडमा पि्रतीको कमब्याक र आइटम नृत्यका बारेमा भारतीय मिडियाले सोधेको प्रश्नमा उनले यस्तो बताएकी हुन् ।

तर, प्रितीले सलमान खानका लागि जे पनि गर्न तयार रहेको बताइन् । ‘मे अाैर मिसेस खन्ना’मा प्रितीले आइटम नम्बर गरेकी थिइन् । उनले आफू सलमानको मिल्ने साथी भएको र उनका लागि जे पनि गर्ने बताइन् । यसैले, उनको चलचित्रमा आइटम नृत्य गरेको प्रितीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?