+
+

जंगलमा घाँस दाउरा गर्दैं लोक नायिका पार्वती राई

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ९ गते ९:४४

parbatiकाठमाडौं । थुप्रै म्युजिक भिडियोमा गाउँले युवतीको भुमिकामा देखिएकी छिन् पार्वती राई । पटकपटक उनले हातमा हँसिया र पिठ्युमा डोको बोकेर बनमा घाँस काट्न गएको अभिनय गरेकी छिन ।

रियल लाईफमा भने उनले आजसम्म डोको बोक्न पाएकी छैनन् । ‘काठमाडौमा जन्मेँ, काठमाडौमा हुर्कें, अहिलेसम्म डोको बोक्न पाएकी छैन ।’ अनलाईनखबरसँग कुरा गर्दै पार्वतीले भनिन् ।

मोडलिङमा आउनुअघि टेलिभिजनमा धेरै दिदी बहिनीले डोको बोकेर हिंडेको देखेकी थिईन् उनले । ‘डोको बोकेर हिंडेको देख्दा निकै रमाईलो हुन्छ होला जस्तो लाग्थ्यो ।’ पार्वती भन्छिन- ‘अहिले पो थाह भयो डोको बोकेर हिंड्नेहरुलाई गार्‍हो हुँदो रहेछ, हेर्नेलाई मात्रै रमाईलो ।’

तीन दिनअघि मात्रै ठूली बोलको गीतको सुटिङका लागि भैंसेपाटी माथीको डाँडामा पुगेकी पार्वतीले डोको बोकेर क्यामेरा फेस गरिन् । काखमा बाख्राको पाठो पनि बोकिन् ।

parbati 3

हिन्दी फिल्म ‘नायक’मा रानी मुखर्जीले काखमा बाख्राको पाठो बोकेर पोज दिएको दृष्य देखेर लोभिएकी पार्वती आफु पनि रानी जस्तै बन्न खोजेकी थिईन् ।

चोली र लुंगीमा प्रस्तुत भएकी पार्वती रानी जस्तै भईन् कि भईनन् हेर्न बाँकी नै छ । तर, उनको लुक्स भने सेक्सी देखिएको थियो ।

केही गीतको सुटिङको क्रममा घाँसको भारी पनि बोकेको अनुभव छ उनलाई । ‘अहिले त भिडियो सकेसम्म रियल गर्ने चलन छ, भारी बोक्ने दृष्यमा मरीमरी भारी बोक्नुपर्छ । निकै गार्‍हो हुन्छ ।’ उनले भनिन् ।

केही भिडियोमा सेउलाको भारी बोकेकी पार्वतीले आफ्नो टाउकोले नाम्लो थाम्नै नसकेको अनुभव सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?