Comments Add Comment

बालकृष्ण ढुंगेल जोडिएको मुद्दामा अदालतको अर्को आदेश

९ वैशाख, काठमाडौं । पुनरावेदन अदालत जनकपुरले रामेछापका गणेशकुमार श्रेष्ठको घटनामा अदालतले अनुसन्धान अघि बढाउन प्रहरीलाई आदेश दिएको छ । यससँगै घटनाको १२ बर्षपछि यो मुद्दा ब्यूतिँएको छ ।

Ganesh-Kumar-shresthaन्यायाधिश पुरुषोत्तम भण्डारी र मेघनाथ भट्टराईको संयुक्त इजलासले छ महिनाभित्र अनुसन्धान पूरा गरी दोषीउपर कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय रामेछाप र जिल्ला सरकारी कार्यालय रामेछापको नाममा परमादेशको आदेश जारी गरेको हो ।

पीडितका तर्फबाट मंगलबार अधिवक्ता गोविन्द शर्मा बन्दी, पुष्पराज पौडेल, राजकुमार महासेठ र सिताशरण मण्डलले बहस, गरेका थिए । भाइ उज्जनकुमार श्रेष्ठको हत्यामा एमाओवा
दी नेता बालकृष्ण ढुंगेल लगायतविरुद्ध जाहेरी दिएकै कारण श्रेष्ठको माओवादी कार्यकर्ताले गोली हानी हत्या गरेको पीडित परिवारको दावी छ ।

गणेशकुमारको हत्यामा टिका सुनुवार, रक्तिम लामा र अन्य नचिनिएका छ जनाविरुद्ध गणेशकुमारका दाजु राजकुमारले २०५९ सालमा रामेछाप प्रहरीमा किटानी जाहेरी दिएका थए ।

तर, १२ बर्षसम्म पनि प्रहरीले प्रक्रिया अगाडि नबढाएपछि पीडित परिवारले फागुन ६ गते रिट दायर गरेका थिए । जसमा अदालतले कारबाही अगाडि नबढाउनुको कारण १५ दिनभित्र पेश गर्न जिल्ला प्रहरी कार्यालय रामेछापलाई आदेश दिएको थियो ।

प्रहरीले चित्तबुझ्दो कारण पेश गर्न नसकेपछि अदालतको यो आदेश आएको पीडितकी बहिनी सावित्री श्रेष्ठले जानकारी दिइन् । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको २०५५ साल असार १० गते हत्या भएको थियो । उनका दाइ गणेशकुमार श्रेष्ठको २०५९ साल मंसिर ६ गते खेतमा काम गरिरहेको अबस्थामा रामेछापको साँघुटारमा हानी हत्या गरिएको थियो ।

उज्ज्नकुमारको हत्या प्रकरणमा एमाओवादीका पूर्वसभासद् बालकृष्ण ढुंगेल लगायतलाई सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला गरिसकेको छ ।

पूर्वसभासद् ढुंगेलकै योजनामा युद्धकालमा गणेशकुमारको पनि हत्या गरिएको आरोप सावित्रीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment