Comments Add Comment

देश बनाउने यूवाको खोजीमा ‘चंखे शंखे पंखे’, को बन्ला नेतृत्वकर्ता ?

chankhe-pressmeet
चलचित्र ‘चंखे शंखे पंखे’को निर्माणपक्षले एक्रेटिभ मिडिया र ह्वाइट हाउस कलेजसँग सहकार्य गर्दै देश बनाउने यूवाको खोजी गर्न लागेको छ । रियालिटी शोको रुपमा संचालन हुन लागेको यो प्रतियोगीतामा कक्षा ९ देखि स्नातक लेभलसम्मका सबै  विद्यार्थीले सहभागीता जनाउन सक्नेछन् ।

तर, प्रतियोगीताका लागि शिर्षक एउटै भएकाले कक्षा ९ र १० का विद्यार्थीलाई ३०, कक्षा ११ र १२ का विद्यार्थीलाई २० र स्नातक तहका विद्यार्थीलाई १० अंक पहिले नै दिएर प्रतियोगीतामा सहभागी गराइनेछ । पब्लिक स्पिकर नेपाल ‘आजको बक्तृत्व भोलीको नेतृत्व’ भन्ने मुल नाराका साथ संचलान हुन लागेको यो प्रतिस्पर्धा देशका विभिन्न ८ वटा शहरमा हुनेछ ।

धनगढी, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा, दमक, धरान, विराटनगर हुँदै काठमाण्डौमा आएर रियालिटी शो समापन हुनेछ । बैशाख ११ गते धनगढीबाट सुरु हुने रियालिटी शोको फाइनल बैशाख २९ गते काठमाण्डौमा हुनेछ ।

स्कुल तथा कलेजको प्रतिस्पर्धाबाट उत्कृष्ट १० युवा बक्ताको रुपमा छनौट भएपश्चात उनीहरुबाट ३ जनालाई सर्वोत्कृष्ट घोषणा गरिनेछ । जसअनुसार प्रथम हुनेलाई १ लाख, दोश्रो हुनेलाई ५० हजार र तृतिय हुनेलाई २५ हजार नगद प्रदान गर्दै नेशनल हिरोको रुपमा अगाडि बढाइनेछ । देशभरबाट करिब ५ हजार विद्यार्थी सहभागी हुने आयोजकको विश्वास छ ।

जेठ १ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् । चलचित्रमा सुदर्शन थापा, सुवास थापा, पुजा शर्मा र प्रेम पुरी मुख्य भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment