+
+

ताजमहलमा भैँसीलाई प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ११ गते ९:०५

buffaloदुनियाको सात आश्चर्य मध्येको एक भारतको चर्चित ताजमहलमा भैँसीमाथि प्रतिबन्ध लगाइएको छ । ताजमहल भित्र भैँसी लग्ने त कुरै भएन बाहिरको बाटोमा समेत अब भैँसी हिँडाउन पाइनेछैन ।

नयाँ नियम अनुसार ताजमहलको नजिकबाट भैँसीलाई हिँडाउन पाइनेछैन भने भैँसी मालिकहरुले यमुन नदीमा भैँसीलाई आहाल खेलाउन पनि पाउनेछैनन् ।

भैँसीमाथिको यो प्रतिबन्ध उल्लंघन गर्ने भैँसी मालिकलाई पक्राउ गरी कारवाही गरिनेछ ।

ताजमहल हेर्न जाने लाखौँ पर्यटकलाई त्यहाँ आसपास चर्ने तथा हिँडिरहने भैँसीका कारण कठिनाई उत्पन्न भएको तथा ताजमहल क्षेत्रकै प्रतिष्ठामा आँच पूराएको ठहर गर्दै सरकारले यस्तो निर्णय गरेको बताइएको छ ।

अघिल्लो हप्ता ताजमहलको अवलोकनमा आएको संसदीय टोलीले समेत ताजमहलको आसपासमा थुप्रै भैँसी देखेपछि स्थानीय अधिकारीहरुसँग यसबारेमा कुराकानी गरेका थिए । तत् पश्चात स्थानीय ताजगंज पुलिस चौकीमा भैँसी पालक तथा अधिकारीहरुबीच छलफल भयो ।

अन्ततः आगराको प्रशासनले ताजमहल क्षेत्रबाट भैँसी हिँडाउन तथा नजिकैको यमुना नदीमा भैँसीलाई आहाल गराउन वा नुहाउनमा प्रतिबन्धको घोषणा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?