+
+

राजश्वले लक्ष्य चुम्न सकेन, चैतसम्म २९१ अर्ब संकलन

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ११ गते १२:११

Ird-Statics

११ वैशाख, काठमाडौं । आन्तरिक राजश्व विभागले चालु आर्थिक वर्षको चैत महिनासम्म २ खर्ब ९१ अर्ब ४५ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।

यो रकम लक्ष्यभन्दा झण्डै २ अर्ब रुपैयाँले कम हो । सरकारले यस अवधिसम्म २ खर्ब ९३ अर्ब ३१ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य तोकेको थियो । अघिल्लो वर्षको यही अवधिको तुलनामा भने यो रकम १५.४७ प्रतिशतले बढी हो ।

कुल राजश्वमध्ये कर राजश्वतर्फ २ खर्ब ६२ अर्ब ४४ करोड रुपैयाँ र गैरकर राजश्वतर्फ २९ अर्ब १ करोड रुपैयाँ संकन भएको छ ।

चैतसम्म संकलित राजश्वमा मूल्य अभिवृद्धि करको योगदान २८.६१ प्रतिशत, भन्सार महशुलको योगदान १९.३५ प्रतिशत, आयकरको योगदान २१.७६ प्रतिशत, अन्तःशुल्कको अंश १३.०२ प्रतिशत र गैरकर राजश्वको योगदान ९.९६ प्रतिशत रहेको छ ।

यस अवधिमा भन्सर महशुल ५६ अर्ब ३८ करावेड, मूल्य अभिवृद्धि कर ८३ अर्ब ३७ करोड, अन्तःशुल्क ३७ अर्ब ९४ करोड, आयकर ६३ अर्ब ४० करोड, रजिष्ट्रेशन दस्ुतर, सवारी साधनकर र अन्य कर २१ अर्ब ७७ करोड रुपैयाँ संकलन भएको छ ।

गैर राजश्वतर्फ अघिल्लो वर्षको चैतसम्म ३३ अर्ब ६ करोड संकलन भएकोमा यस वर्ष घटेर २९ अर्ब १ करोड रुपैयाँमात्र संकलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?