Comments Add Comment

श्रम बैंक स्थापना गरिन्छ : राज्यमन्त्री गुरुङ

११ वैशाख, काठमाडौँ । श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले श्रमका लागि विदेश जाने मजदुरलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने उद्देश्यले श्रम मन्त्रालयले श्रम बैंकको स्थापना गर्ने प्रक्रिया अघि बढाएको बताएका छन् ।

Tek-bahadur-gurungप्रभाव राष्ट्रिय दैनिकको प्रथम वार्षिकोत्सवका अवसरमा राज्यमन्त्री गुरुङले नेपालमा रोजगारीको अवसर थोरै भएकाले मानिसहरु रोजगारीको खोजीका सिलसिलामा विदेश भौँतारिनुपर्ने वाध्यता रहेको बताउँदै उनीहरुले पठाएको वार्षिक २८ करोड रेमिट्यान्सले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरिरहेको स्मरण गरे । कामदार र व्यवसायीको हित अनुकूल श्रम ऐनमा सुधार गर्न लागिएको पनि उनले जानकारी दिए ।

उनले देश र समाजलाई परिवर्तन गर्न सक्ने क्षमता भएको सञ्चारमाध्यमले जनतालाई प्रभावकारी रुपमा सत्यतथ्य सुसूचित गर्नु आवश्यकतामा जोड दिए ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष बलबहादुर तामाङले सरकारले विदेशमा गएर रगत पसिना बगाउने श्रमिकको सुरक्षामा खासै चासो दिन नसक्दा धेरैले अकालमै ज्यान गुमाउनुपर्ने स्थिति रहेको चर्चा गरेका थिए ।

वैदेशिक रोजगार सङ्घका अध्यक्ष हंसराज वाग्ले र वैदेशिक रोजगार व्यवसायी ईन्द्रलाल तामाङले विदेशी पैसा भित्रिने मुख्य स्रोत वैदेशिक रोजगारलाई व्यवस्थित गर्न सरकारको ध्यान जानुपर्ने बताए ।

सो पब्लिकेसनका अध्यक्ष दुर्गाबहादुर लिम्बूले वैदेशिक रोजगारीको क्षेत्रलाई केन्द्रित गरी पत्रिका प्रकाशन गरेको जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment