+
+

विप्लव माओवादीको टोली जाजरकोटका लागि तयार

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ११ गते १५:४२

११ वैशाख, काठमाडौं । भ्रष्टाचार विरोधी अभियान घोषणा गर्दै विभिन्न ब्यक्तिहरुको घरजग्गामा झण्डा गाड्दै हिँडेको विप्लव माओवादीले पार्टीको स्वास्थ्यकर्मी टोली स्वाइनफ्लु प्रभावित जाजरकोट पठाउने भएको छ ।

Biplap-650नेकपा माओवादीसम्बद्ध अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष डम्मर रावल नेतृत्वको १० जनाको टोली जाजरकोट जाने भएको हो । एक जना निजी अस्पतालका चिकित्सकलाई लिएर टोली जाजरकोट जान लागेको महासंघका अध्यक्ष रावलले बताए ।

चितवनका जनरल सर्जन डा. अशोकचन्द्र श्रेष्ठसहितको स्वास्थ्यकर्मीको टोलीले महामारी फैलिएको क्षेत्रमा गई विरामीमा उपचार गर्ने रावलले बताए । माओवादीको स्वास्थ्यकर्मीको टोलीमा फार्मसिष्ट लोकेश जोशी, पारामेडिसिन पिताम्बर भुर्तेलसहित १० जना छन् ।

पार्टीकै पहलमा औषधी संलकन गरी प्रभावित क्षेत्रमा पुर्‍याउनका लागि शुक्रवार जाजरकोट तर्फ जान लागिएको भए पनि मौसम प्रतिकूल भएकाले समस्या भइरहेको रावलले अनलाइनखबरलाई बताए । पहिलो चरणको एक हप्ताको लागि मुख्य प्रभावित क्षेत्रमा जाने र अवस्था हेरेर अन्य ठाउँमा जाने रावलले जानकारी दिए ।

जाजरकोटमा लामो समयदेखि स्वाइनफ्लुको महामारी फैलिँदा पनि सरकारले नियन्त्रण गर्न नसकेको भन्दै विप्लव माओवादीले आफ्नै स्वाथ्यकर्मी संघका कार्यकर्तालाई प्रभावित क्षेत्रमा पठाउन लागेको जनाएको छ ।

जाजरकोटको पजारु, रामीडाँडा, सक्ला लगायतका एक दर्जन बढी गाविसमा मौसमी फ्लुको प्रकोप फैलिएको छ । जाजरकोटबाट फैलिएको प्रकोप कालीकोटको मेहलमुडी र राम्नाकोटसम्म पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?