+
+

रुपन्देहीमा बसको ठक्करबाट दम्पत्तिको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ११ गते १२:४६

११ वैशाख, बुटवल । रुपन्देहीको बुटवल १५ बेलबासमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक दम्पत्तिको मृत्यु भएको छ ।

बुटवलबाट नेपालगन्ज जाँदै गरेको लु १ ख ८६९८ नम्बरको माइक्रो बसले विपरित दिशाबाट आइरहेको लु ५ प ८४२९ नम्बरको मोटरसाइकललाई शान्तिचोकमा ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको भएको हो ।

मृत्यु हुनेमा गुल्मी दिगाम घर भइ हाल बुटवल बस्दै आएका अन्दाजी ४५ वर्षीय विष्णुप्रसाद श्रेष्ठ र उनकी ३५ वर्षीया श्रीमती ज्योतीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले बताए ।

पहिरो खस्दा मोटरसाइकल चालकको मृत्यु

यसैबीच पाल्पाको मदनपोखराबाट बुटवलतर्फ आउँदै गर्दा पहिरोसँगै खसेको ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु भएको छ । लु २० प ४३९२ नम्बरको मोटरसाइकल चलाइरहेकोबेला पहिरोसँगै झरेको ढुंगा टाउकोमा लागेर मदनपोखरा १ का ३५ वर्षीय अमृतकुमार श्रेष्ठको मृत्यु भएको हो ।

मोटरसाइकल पछाडि बसेकी सोही ठाउँकी २४ वर्षीया अञ्जु सारु सामान्य घाइते भएकी छन् । उनको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

अगाडी गुडिरहेको मोटरसाइकल माथि पहिरो खसेको देखेपछि अत्तालिएका दुई विदेशी पर्यटक सवार मोटरसाइकल पनि दुर्घटना भएको थियो । उनीहरु चढेको मोटरसाइकल सडकभन्दा तल खोलामा खसेको थियो । यद्यपी उनीहरु भने बीचमै अडि्कएका थिए ।

सामान्य घाइते भएका उनीहरुको लुम्विनी मेडिकल कलेज प्रभासमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?