Comments Add Comment

मलामीले नाङ्गो नाच हेर्ने अनौठो चलन, सरकारले गर्न थाल्यो हस्तक्षेप

trippers _1.jpgकुनैपनि आफन्त मरेपछि हामीकहाँ मानिसहरु शोकमा पर्छन् । मृतकको अन्तिम संस्कारका लागि मलामी जाने सबै मानिस स्तब्ध भएका हुन्छन् र त्यहाँ कुनै रमाइलो भन्ने कुरा नै हुँदैन । तर चीनमा भने यस्तो अनौठो संस्कार छ, जहाँ मृतकको अन्तिम संस्कारमा रमाइलो उत्सव हुन्छ र मलामीहरुले युवतीहरुको नांगो नाच हेर्दछन् । मृतकका परिवारले नै यस्तो नांगो नाच नाच्ने नर्तकीहरुलाई अन्तिम संस्कारको दिनका लागि भाडामा खरीद गरेका हुन्छन् ।

सुन्दै अचम्मको र गलतजस्तो लाग्ने यो संस्कारको आफ्नै मूल्य तथा परम्परा होला । तर अन्तिम संस्कारमा निर्वस्त्र नाच देखाउने यो संस्कृतिले साँच्चीकै विकृति नै ल्याएको ठानेछ, चीनको सरकारले । अन्ततः त्यस्तो नाचमा बन्देज लगाउने तयारी सरकारले गरिरहेको छ ।

CB1cOOyWAAE99CG

चिनिया परम्परा अनुसार मृतकको अन्तिम संस्कारमा जति धेरै मलामीहरु उपस्थित भए, मृतकको दिवंगत आत्माले शान्ति पाउने तथा स्वर्गमा बास हुने सम्भावना उत्ति नै धेरै हुन्छ । त्यसैले बढि भन्दा बढि मलामीको रुपमा रमितेहरु आउन् भनेर त्यहाँ अन्तिम संस्कारको दिन निर्वस्त्र नाचकै आयोजना गर्ने चलन बढेर गएको छ ।

एक मृतकको अन्तिम संस्कार समारोहमा चलिरहेको निर्वस्त्र नाचको भिडियो अनलाइनमा भाइरल बनेसँगै बढेको आलोचनाका बीच चीन सरकारको संस्कृति मन्त्रालय त्यस्तो गतिविधिमा हस्तक्षेप गर्ने टुंगोमा पुगेको हो ।

अन्तिम संस्कारलाई मर्यादित बनाउन तथा नांगो नाच हुन नदिनका लागि प्रहरी परिचालन गरेको छ । केही समयअघि यस्तो नाचको आयोजना गर्ने एक मृतकका परिवारलाई ७० हजार युआन जरिवाना समेत गरिएको थियो । सरकारका अनुसार यस्तो प्रथाले सामाजिक वातावरणलाई भ्रष्ट बनाउँछ । एजेज्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment