+
+

भूकम्प पीडितलाई लुम्विनी बैंकबाट १ करोड बढी सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १७ गते १८:३१

१७ वैशाख, काठमाडौं । लुम्विनी बैंक लिमिटेडले भूकम्प पीडितहरुलाई १ करोड रुपैयाँ भन्दा धेरै राहत प्रदान गर्ने निर्णय गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १ करोड २ लाख २२ हजार २२२ रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।

Lumbini-Bank-उक्त रकम मध्ये ५१ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा हुने छ । बाँकी सबै रकम भूकम्प पीडितहरुलाई राहत तथा पुनर्बासको प्रकृयाको लागि खर्च गरिने छ ।

यस प्रयासबाट पीडितहरुको उद्धार तथा राहतको लागि टेवा पुग्ने बैंकले अपेक्षा गरेको छ । साथै अकल्पनीय धनजनको क्षतिप्रति समवेदना प्रकट गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?