Comments Add Comment

भग्नावशेषमा फसेका ८ सय ७२ को जीवितै उद्धार

१८ वैशाख, काठमाडौ । शनिवार गएको विनाशकारी भूकम्पबाट भग्नावशेषहरुमा पुरिएकाहरु मध्ये अहिलेसम्म ८ सय ७२ जनाको जीवितै उद्धार गरिएको छ ।
Pemba Lama Rescue at earthquake on 6th day (8)
भूकम्प गएको झण्डै ७ दिनसम्म पनि भग्नावशेषमा पुरिएकाहरुमध्ये केहीको जीवितै उद्धार भएको हो । विदेशी अत्याधुनिक प्रविधिसहित भग्नावशेषमा पुरिएकाहरुको उद्धार गरिँदै आएको छ ।

बिहीवार ६ दिनपछि नयाँ वसपार्कस्थित हिल्टन गेष्ट हाउसको भग्नावशेषमा फसेका नुवाकोटका १५ वर्षीय किशोर पेम्बा लामाको जीवितै उद्धार गरियो भने एको थियो ।

नेपाली सेना, सशस्त्र प्रहरी तथा विभिन्न देशका उद्धार टोलीहरु तथा प्राविधिकहरु उद्धार कार्यमा जुटिरहेका छन् । भारत, चीन, टर्की, श्रीलंका, पोल्याण्ड, नेदरल्याण्ड, जर्मनी, बेलायत, फ्रान्स, इजरायल र मलेसियाको टोली उद्धारमा सक्रिय रहेका छन् ।

एक सय ८० जनाको भारतीय टोली, श्रीलंकाको १३ जनाको उद्धार टोली, १ सय १७ जनाको चिनियाँ टोली, ७९ जनाको टर्कीको टोली भग्नावशेषमा फसेकाहरुको उद्धारमा सक्रिय छन् । भग्नावशेषमा जीवित रहे/नरहेको पत्ता लगाउने उपकरण तथा कुकुर समेत परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment