+
+

तपाईको घर चर्किएको छ ? फोटो खिचेर पठाउनुस् !

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १८ गते १८:४१

Sakhu After Eatrh-Quick   (10)

१८ वैशाख, काठमाडौं । शनिबार आएको भूकम्पले ६ हजार बढीको ज्यान लिनुका साथै धेरै घरहरु भग्नावशेषमा परिणत भयो ।

बचेका घरहरु पनि चर्किएका छन्, जसका कारण मानिसहरु अहिले पनि घरमा बस्न डराइरहेका छन् । तर, आफ्नो घर सुरक्षित छ कि छैन भनेर धेरैलाई जान्न मन छ । यस्तोमा तपाईलाई भूकम्प डट नेट सहयोगी हुन सक्छ ।

सिभिल इन्जिनियरहरुले सुरु गरेको यो वेबसाइट भूकम्प डट नेटले तपाईको घरको अवस्था विश्लेषण गर्नेछ । यसका लागि तपाईले आफ्नो विवरणसँगै घरको तस्वीर अपलोड गर्नु पर्नेछ ।

त्यस आधारमा इन्जिनियरहरुले निःशुल्क रुपमा घरको निरीक्षण गर्नेछन् । सामान्य हो भने फोटो हेरेर सुझाव दिन्छन्, गम्भीर हो भने फिल्डमै जान्छन् ।

भूकम्प गएको चार दिनपछि धरानबाट काठमाडौं आएका इन्जिनियर प्रमोद न्यौपानेसहितको टीमले यो सेवा सुरु गरेको हो । ‘मैले ट्वीटरमा घरको विश्लेषण गर्छु भनेर लेखेपछि धेरै फोन आयो । पहिलो दिन २०/२५ वटा घर हेरेँ’ उनले भने-‘आफ्नो तर्फबाट सक्दो सहयोग गरौं भनेर अहिले वेबसाइट नै सुरु गरेका हौं ।’

उनको टीममा ६/७ जना इन्जिनियर छन् । विज्ञहरु पनि सम्पर्कमा छन् । साथै भोलेन्टिरहरुको पनि व्यवस्था गरिएको न्यौपानेले बतानए । इन्जिनियरहरुको संस्था प्रोटुल्समा कार्यालय नै राखिएको छ ।

काठमाडौंमा मानिसहरु धेरै आतंकित भएको पाएको इन्जिनियर न्यौपानेले सुनाए । उनले भने-‘अनुमान भन्दा कम क्षति भएको हो । माटाका घरहरु भत्किनु स्वभाविक हो । समान्य क्षति भएको घरमा पनि मानिसहरु आत्तिएर बसेका छैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?