१९ वैशाख, काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा सभासद एकनाथ ढकालले गोरखा जिल्लाको भुकम्प प्रभावित गाबिसहरुमा राहत वितरण गरेका छन् ।
ढकालले गोर्खाको बुङ्गकोट, बोर्लांग, फुजेल, धावा, आरुपोखरी लगायत गाबिसका भूकम्प पीडितहरुलाई ३०० थान टेन्ट र ५० बोरा चामल वितरण गरेका हुन् ।
ढकालले महाभूकम्प पीडितहरुलाई तुरुन्त राहत उपलब्ध गराउन सरकारसँग आग्रह समेत गरेका छन् ।महाभूकम्पबाट ज्यान गुमाएका परिवारलाई चार लाख र आफ्नो घर पूर्णरुपमा क्षति भएका परिवारलाई दस लाख र आंसिक रुपमा घर क्षति भएकाको परिवारलाई पाँच लाखको दरले क्षतिपूर्ति दिन ढकालले माग पनि गरे ।
राहत वितरण गर्न अध्यक्ष ढकाल एक मिनी ट्रक लिएर गोरखा पुगेका थिए ।
पीडितहरुले सरकारले राहत बाडेको भन्ने कुरा सुने पनि आफूले प्राप्त गर्न नसकेको गुनासो गर्दै तत्काल ओत लाग्न प्रयाप्त टेन्ट र खाद्यान्न अति आबस्यक रहेको भन्दै भत्केको घर पुनर्निर्माणको लागि पहल गरिदिन अध्यक्ष माग गरेका छन् ।
प्रतिक्रिया 4