Comments Add Comment

अपिनले भूकम्प पीडितलार्इ पाँच करोड दिने

२० बैशाख, काठमाडौँ । निजी शैक्षिक संस्थाको साझा सञ्जाल (अपिन)ले भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पाँच करोड रूपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), एनप्याब्सन, उच्चमाध्यमिक विद्यालय सङ्घ (हिसान), निजी विश्वविद्यालय सञ्चालक र स्वास्थ्य शिक्षण संस्थाका प्रतिनिधि रहेको सो सञ्जालले कोष वृद्धिका लागि सभासद् एवं हिसानका अध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा समिति पनि गठन गरेको छ ।

समितिले शिक्षालयमा भएका क्षतिका विवरणका लागि सङ्कलन, सरसफाइ, समन्वयसम्बन्धी उपसमिति पनि गठन गरेको सूचना तथा सञ्चार उपसमितिका संयोजक रमेश सिलवालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment