Comments Add Comment

राहत जुटाउँदै अमेरिका बस्ने नेपाली कलाकार

kanihyaकाठमाडौं । अमेरिकाको न्यूयोर्कमा रहेका नेपाली कलाकारले भूकम्प पीडितलाई राहत संकलन सुरु गरेका छन् । राहत संकलनमा अमेरिकामा रहेका कलाकारहरु कन्हैया सिंह परियार, अन्जना गुरुङ, बिक्रान्त बस्नेत, रञ्जना शर्मा लगायत सहभागी थिए ।

‘न्युयोर्ककको सडकमा हामीले सहयोगी हात फैलायौं धेरैले सहयोग गर्नु भयो ।’ अनलाइनखबरसँग रञ्जना शर्माले भनिन् । केही दिन रकम संकलन गरेपछि नेपाल पठाइने संगीतकार कन्हैया सिंहले बताए ।

उनको भनाई अनुसार गैरनेपालीले पनि भूकम्प पीडितका लागि राहत प्रदान गरेका थिए । नेपाली अमेरिकन कलाकार संघको ब्यानरमा सहयोग संकलन सुरु गरेका नेपाली कलाकारहरु जतिसक्दो चाँडो संकलित राहत नेपाल पठाउने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment