Comments Add Comment

नेपाली सेनाद्वारा खोज, उद्धार र राहत वितरण जारी

२२ वैशाख, काठमाडौं । नेपाली सेनाले भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत सामाग्री पुर्‍याउने कामलाई जारी राखेको छ । सोमबार नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले काठमाडौंको गोंगबुबाट ३ जनाको शव र दोलखाको लामावगरबाट ३ जनाको शव उत्खनन गरी निकालेको थियो ।

Nuwakot earthquck (3)

त्यसैगरी सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, दोलखा, काभ्रेपलान्चोक र धादिङ जिल्लाका बिभिन्न स्थानहरुबाट स्वदेशी नागरिक २०७ जना र विदेशी नागरिक १८ जना गरी जम्मा २२५ जना घाईते बिरामीहरुलाई सेनाले उद्धार गरेको छ ।

सोमबार राति अबेरसम्म नेपाली सेनाले हवाई तथा यातायात साधन प्रयोग गरी सिन्धुपाल्चोकमा खाद्यान्न १९ टन र राहत सामाग्री १७.५ टन पुर्‍याएको छ । रामेछापमा खाद्यान्न २२ टन, त्रिपाल ५८५ गोटा र कम्बल २३५ गोटा, दोलखा जिल्लामा खाद्यान्न १.५३ टन र राहत सामाग्री १.५ टन, काभ्रेपलान्चोक जिल्लामा खाद्यान्न ३.०८ टन, पाल १४० गोटा र मण्डी १०० गोटा पुर्‍याईएको थियो ।

त्यसैगरी ओखलढुंगामा खाद्यान्न ३ टन, पाल २५७ गोटा र मण्डी ९० गोटा, मकवानपुरमा खाद्यान्न ४०.२ टन, पाल १०३ गोटा, त्रिपाल ४०० गोटा र म्याट्रेस ६०० गोटा एवम् सिन्धुलीमा खाद्यान्न ३.५ टन, कम्बल ४०२ गोटा, त्रिपाल ३११ गोटा र म्याट्रेस १३५ गोटा पुर्‍याइएको छ ।

काठमाडौं जिल्लामा खाद्यान्न ४००० के.जी., पाल २८३ गोटा र मण्डी ३०० गोटा, भक्तपुर जिल्लामा खाद्यान्न ५० टन र पाल ४९१ गोटा तथा ललितपुर जिल्लामा खाद्यान्न ५ टन पुर्‍याइएकोे नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाले दिएको जानकारी अनुसार नुवाकोट जिल्लामा खाद्यान्न ६ टन, पाल ५० गोटा र मण्डी ५० गोटा, धादिङ जिल्लामा राहत सामाग्री ११ टन, रसुवा जिल्लामा खाद्यान्न १८१.४४ के.जी., पाल २५ गोटा र मण्डी ४४ गोटा र गोरखा जिल्लामा खाद्यान्न १४.७ टन, राहत सामाग्री १०.१ टन, त्रिपाल १५४ गोटा, कम्बल १८३ गोटा पुर्‍याइएको थियो ।

भूकम्पबाट प्रभावित १४ जिल्लाका २८४ गाविसहरुमा प्रभावकारी ढंगले फौजहरु परिचालन गरी आफूसभूकम्पग उपलब्ध श्रोत, साधनको अधिकतम सदुपयोग गर्दै उद्धार, राहत र पुनःस्थापनाको काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment