+
+
Shares

बझाङमा स्याल आतंक, टोकाइबाट ११ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १२ गते ९:५२

१२ चैत, बझाङ । जिल्लाको बुङ्गल नगरपालिकामा स्यालले टोकेर ११ जनालाई घाइते बनाएको छ ।

दिउँसो बाटोमा हिँडिरहेका बेला बुङ्गल नपा–८ को जल्जली र दासापा भन्ने ठाउँमा स्यालले सात जनालाई टोकेर घाइते बनाएको छ । घाइतेमध्ये केहीको उपचार बुङ्गल नगरपालिका र केहीको जिल्ला अस्पताल सिमखेत चैनपुरमा भइरहेको छ ।

यसअघि स्यालको टोकाइबाट सोही ठाउँमा घाइते भएकी सुना ऐडीको अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ भने बौलाहा कुकुरको टोकाइबाट दुई बालबालिका घाइते भएका छन् । घाइतेमध्ये एकको मुखमा टोकेकाले जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि कोहलपुर रिफारिश गरिएको जिल्ला अस्पताल सिमखेतले जनाएको छ ।

स्यालले पशुचौपायालाई पनि टोक्ने गरेको छ ।

बुङ्गल नगरपालिकामै दुई बाख्रा, दुई गाई र एक भैँसीलाई स्यालले टोकेको छ । एक महीनाअघि बुङ्गल नपा–६ झापामा स्यालकै टोकाइबाट चार घाइते भएका थिए । करीब एक महीनादेखि स्याल र बौलाहा कुकुरको आतङ्क बढेपछि बालबालिकालाई एक्लै विद्यालय पठाउन र आफूलाई समेत जान डर लाग्ने गरेको बुङ्गल नगरपालिका–५ का स्थानीय वीरबहादुर भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?