Comments Add Comment

स्तनपानले घटाउँछ स्तन क्यान्सरको जोखिम

stanpanस्तनपान बच्चाको लागि मात्र होइन आमाको लागि समेत लाभदायक हुने तथ्य शोधकर्ताहरुले पत्ता लगाएका छन् । पछिल्लोपटक गरिएको अध्ययन अनुसार स्तनपानले महिलाहरुमा स्तन क्यान्सरबाट ज्यान गुमाउने जोखिम एक चौथाइले घट्दछ ।

साथै स्तन क्यान्सरको उपचार गराइसकेका महिलामा रोग फर्किने डर पनि स्तनपानले घटाउँछ । स्तन क्यान्सर पुनः फर्किने जोखिम स्तनपानका कारण ३० प्रतिशतले घट्ने शोधकर्ताको निष्कर्ष छ ।

स्तनपानले स्तन क्यान्सरको जोखिम घटाउनुको मुख्य कारण हर्मोन रहेको ठहर शोधकर्ताहरुले गरेका छन् । स्तनपान गराउने महिलामा वेस्ट्रोजेन हर्मोनको मात्रा कम हुन्छ । यो हर्मोनलाई क्यान्सरको जोखिम बढाउने हर्मोनकेा रुपमा लिइन्छ ।

अमेरिकी वैज्ञानिकहरुले १६ सय ३६ जना स्तन क्यान्सरका रोगी महिलामा यस्तो अध्ययन गरेका हुन् । त्यसक्रममा सहभागी महिलाहरुले उनीहरुले विगतमा स्तनपान गराए नगराएको ? कति गराएको ? लगायतका प्रश्नावली सोधिएको थियो ।

त्यसक्रममा स्तन पान गराउने महिलामा विभिन्न खाले वंशाणुगत स्तन क्यान्सरको दर कम पाइयो ।

नेसनल क्यान्सर इन्स्िटच्युट जर्नलमा छापिएको शोध अनुसार जति लामो समयसम्म महिलाहरुले स्तनपान गराउँछन् स्तन क्यान्सरबाट उति धेरै बचावट मिल्दछ ।

क्यालिफोर्नियाको ओकल्याण्डस्थित केजर पर्मान्टे डिभिजन अफ रिसर्चकी शोधकर्ता वैज्ञानिक मारिलिन क्वानका अनुसार जसले बच्चा ६ महिनाको हुन्जेलसम्म नियमित रुपमा स्तनपान गराउँछन् उनीहरुमा क्यान्सर फर्किने सम्भावना लगभग नगन्य हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment