Comments Add Comment

भूकम्पबाट घाइतेका लागि अमेरिकामा रगत संकलन

texas blood donetion-2विकास राज न्यौपाने 

अमेरिका । नेपालमा गएको विनासकारी भूकम्पले गर्दा घाइते भएकाहरुको उपचारका क्रममा रगत अभाव हुन नदिन अमेरिकामा पनि रगत संकलन गरिएको छ ।

अमेरिकाको टेक्सास राज्यको ड्यालस शहरमा रहेको नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्रको भवनमा ‘ब्लड डोनर्स अफ अमेरिका’ को आयोजनामा भएको कार्यक्रममा एकै दिन १ सय २८ जनाले रक्तदान गरेका छन् ।

texas blood donetion-1गैर राजतीनिक तथा गैर मुनाफामूलक संस्थाका रुपमा गठित ‘ब्लड डोनर अफ अमेरिका’ले अमेरिकाका विभिन्न शहरहरुमा रक्तदान कार्यक्रम गर्नुका साथै नेपालमा पनि रक्तदान सम्बन्धि जन चेतना जगाउने विभिन्न खालका कार्यक्रमलाई आर्थिक सहयोग समेत प्रदान गर्दै आईरहेको संस्थाका केन्द्रीय अध्यक्ष डा. लीला कार्कीले बताए ।

यसअघि टेक्सास राज्यको धेरै शहरमा रक्तदान आयोजना गरेको यो संस्थाले यसपटक ‘मेगा ब्लड डोनेशस’ कार्यक्रमको आयोजना गरेको हो ।

संकलित रगत अमेरिकाबाट नेपाल ढुवानी गर्न अमेरिकन एसोसिएसन अफ ब्लड बैंक तथा मिलिटरी ब्लड सर्विसबाट सम्भव हुन सक्ने संस्थाका टेक्सास अध्यक्ष बासु श्रेष्ठले बताए ।

विनासकारी भूकम्पको कारण मानव रगतको आवश्यकता पर्ने र अभाव भैरहेको अवस्थालाई मध्यनजर गर्दै यस्तो योजना बनाई रहेको ब्लड डोनर्स अफ अमेरिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment