+
+
Shares

हिट एन्ड रन केसमा सलमान खान दोषी ठहरिए

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २३ गते ११:३६

Salman Khan
बलिउड नायक सलमान खानमाथि लाग्दै आएको १३ बर्ष पुरानो मुद्दाको फैसला अहिले चलिरहेको छ । उनीमाथि लागेको सम्पूर्ण आरोपमा उनी दोषी देखिएका छन् । यसैले पनि उनीमाथि १० बर्षको जेल सजाय हुने संभावना बढेको छ ।

मुम्बइको सेसन कोर्टले उनमाथि लागेको सबै आरोपमा दोषी देखाएको हो । सलमान खानले नशामा गाडी चलाएको पुष्टी भएकोे छ । सलमान खानले सुनियोजित रुपमा मान्छेमाथि गाडी चलाएको भन्दा पनि यो एउटा भवीतव्य रहेको अदालतले बताएको छ । न्यायधिसले सलमान खानलाई केही भन्नु छ भनेर समेत सोधेका थिए ?

सलमान खानलाई अहिले नै १० बर्ष जेल सजााय तोक्ने वा के गर्ने भन्ने बिषयमा बहस भैरहेको छ । सलमान खानलाई तत्काल सर्वोच्चमा पुगेर फेरि आफ्नो कुरा राख्न दिने या नदिने भन्ने बिषयमा पनि बहस जारी छ । यो कुरा न्यायधिसको स्वविवेकमा भर पर्नेछ । यदि सलमान खानलाई भारतको सर्वोच्च अदालत जाने अनुमती भएको खण्डमा यो फैसला तत्कालका लागि सस्पेन्स हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?