Comments Add Comment

आजको भूकम्पले काभ्रेमा एक महिलाको मृत्यु

२३ वैशाख, काभ्रे । चर्किएको घरभित्र सुत्दै आएकी काभ्रेकी एक महिलाको बुधबारको भूकम्पमा घर भत्किएर पुरिँदा मृत्यु भएको छ । खार्पाचोक-४ की ५२ वर्षीया सानुमाया तामाङको घरले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

KAVRE-Valley,-Photo-DDC

जिल्ला विकास समिति काभ्रेका अनुसार खार्पाचोकमा गत शनिबारको विनाशकारी भूकम्पले एक जनाको पनि मृत्यु भएको थिएन । तर, २१ घरमा पूर्ण र ४० घरमा आंशिक क्षति पुगेको छ ।

नुवाकोटलाई केन्द्रविन्दु बनाएर भूकम्प

बुधबार बिहान ४ बजेर ४० मिनेटमा नुवाकोट आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । ४ रेक्टर स्केल भन्दा कमको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसको धक्का काठमाडौं उपत्यकामा पनि महसुस गरिएको थियो ।

यही वैशाख १२ गते गएको ७.८ रेक्टर स्केलको भूकम्पपछि साना धक्काहरु जाने क्रम जारी छ । भूकम्पले अधिकांश घर भत्किएका छन् भने कतिपय चर्किएका छन् ।

चर्किएका घर सानो धक्काले पनि भत्किने भएकाले त्यस्ता घर बस्नयोग्य भए-नभएको जाँच गरेर मात्रै बस्नुपर्ने विज्ञहरुको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment