मुम्बई । अभिनेता सलमान खानलाई अदालतले पाँच वर्ष जेल सजाय सुनाएको अभियोगमा गरिबलाई ‘कुत्ता’ भनेका पाश्र्वगायक अभिजित बिरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।
उनसँगै ज्वेलरी डिजाइनर फराह खान अलिलाई पनि आपत्तिजनक टिप्पणी गरेको भन्दै पक्राउ पुर्जी जारी गरेको छ ।
मुजफ्फर जिल्लाको एक अदालतमा उनीहरु विरुद्ध उजुरी परेको थियो । वलिक सुधिर कुमार ओझाले उनीहरु बिरुद्ध उजुुरी दिएका थिए भने उक्त उजुरीका विषयमा जिल्लाका मुख्य प्रशासक रामचन्द्र प्रसादले मोहम्मदपुर प्रहरीलाई आदेश दिंदै उनले साम्प्रदायिक दंगा भड्काएको विषयमा पनि जोडन आदेश दिएका छन् ।
‘हिट एण्ड रन’ मामलामा सलमानलाई अदालतले पक्राउ पुर्जी जारी गरेपछि अभिजतले ट्वीटरमा यस्तो टिप्पणी गरेका थिए । ‘कुकुरले झैं सडकमा सुत्ने मान्छेको मृत्यु पनि कुकुरको जस्तै हुन्छ ।’ उनको यो ट्वीटप्रति बलिउडका केही कलाकारले आपत्ति जनाएका थिए ।
प्रतिक्रिया 4