+
+

१५ जिल्लामा तीन अर्ब रुपैयाँ बराबरको खाद्यान्न आवश्यक

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २७ गते ६:४३

basanta-pabirta-rahat

२७ वैशाख, काठमाडौ । सरकारले विनाशकारी भूकम्पबाट अतिप्रभावित १५ जिल्लाका लागि तत्काल तीन अर्ब रुपैयाँ बराबरको खाद्यान्न आवश्यक रहेको तथ्यांक सार्वजनिक गरेको छ ।

कृषि विकास मन्त्रालयअन्तर्गतका निकायले गरेको अध्ययनले तत्काल १५ जिल्लामा उक्त परिणामबराबरको खाद्यान्न आवश्यक रहेको देखाएको नागरिक दैनिकमा खबर छ ।

मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले १५ जिल्लामा दुई लाख ८ हजार टन खाद्यान्न आवश्यक रहेको जानकारी दिए । यसका लागि तीन अर्बजति खर्च लाग्ने उनले बताए ।

कृषि जनगणना २०६८ अनुसार हिमाली तथा पहाडी जिल्लामा त्यहाँ उत्पादित अन्नले एक वर्ष पनि खान पुग्दैन । त्यसमाथि पनि भूकम्पले अलिअलि भएको अन्नपात पुरिएपछि झन् संकट देखिएको मन्त्रालयको भनाई छ । जिल्ला कृषि विकास कार्यालय र पशु सेवा कार्यालका अधिकारी भूकम्प अतिप्रभावित क्षेत्र पुगेर तथ्यांक संकलन गरेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?