+
+
Shares

रणबीर कट्रिनाले अर्को वर्ष बिहे गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २८ गते ८:४२

ranbir-and-katrinaमुम्बई । गुपचुप रोमान्समा रमाउँदै आएका रणबीर कपुर र कट्रिना कैफले खास सम्बन्ध रहेको स्वीकार गरेका छन् । आउँदो वर्षको अन्तिममा बिबाह गर्ने योजना रहेको रणबीरले खुलासा गरेका छन् ।

भारतवाट प्रकाशित ‘आनन्द बजार पत्रिका’सँग कुराकानी गर्ने क्रममा उनले कट्रिनासँग सम्बन्ध रहेको स्वीकारेका थिए । दुबै आ-आफ्नो काममा ब्यस्त भएकाले तत्काल बिबाह हुने सम्भावना नरहेको रणबीरको भनाई थियो । ‘हामी दुबै ब्यस्त छौं त्यसकारण यो वर्षको अन्त्यतीर मात्रै बिबाह हुन्छ ।’ उनले भनेका छन् ।

केही सयमदेखि प्रेममा रहेपनि सम्बन्धलाई गोप्य राखेको बताउने रणबीरले प्रेमका वारेमा गरिने हल्ला आफुलाई मन नपर्ने बताए । उनि अहिले ३३ वर्षको भए । उनको भनाई अनुसार यो उमेर भनेको घरवाट बसाउने उमेर हो । कट्रिना पनि यहि चाहन्छिन् ।

रणबीर कट्रिनाका सम्बन्धका विषयमा बलिउडमा धेरै गसिप बनिसकेका छन् । यस्ता गसिपले कुनै फरक नपर्ने रणबीरको भनाई छ । सन २००९ मा बनेको हिन्दी फिल्म ‘अजब प्रेम की गजब कहानी’ मा काम गर्नेक्रममा उनिहरुको पहिलो भेट भएको थियो ।

वर्ष २०१५ सुरु भएको बेला रणबीर कपुरले बेलायतमा गोप्य मगनी गरेको हल्ला समेत चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?