Comments Add Comment

एनआरएन थाइल्याण्डको ३० लाख नगद, ६ टन राहत सामाग्री

NRN-Thailand
२९ वैशाख, काठमाडौं । गैरआवासिय नेपाली संघ (एनआरएन) थाइल्यान्डले भूकम्प पीडितलाई ३० लाख रुपैयाँ नगद र ६ टन राहत सामाग्री उपलब्ध गराएको छ ।

राहत सामाग्रीमा अत्यावश्यक औषधि, त्रिपाल, खाद्यन्न, सिल्पिङ ब्याग, म्याट्रेस, मेडिकल उपकरण, अस्थाई ट्वाइलेट, बच्चाको लागि खाने कुरा र पिउने पानी रहेका छन् ।

संकलित राहत सामाग्रीहरु थाई एयर, थाई एयरफोर्स र नेपाल एयरलाइन्सबाट नेपाल ल्याइएको थियो । राहत सामाग्रीमा ५० प्रतिशतभन्दा बढी औषधि तथा स्वास्थ्यजन्य उपकरण रहेका छन् ।

नगद रकम एनआरएनको भूकम्प पीडित राहत कोषमा जम्मा गरिएको छ । एनआरएनले घोषणा गरेको १ हजार घर निर्माण गर्ने अभियानलाई सफल बनाउन उक्त रकम संकलन गरिएको एनआरएन थाइल्याण्डका अध्यक्ष खगेन्द्रराज ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment