Comments Add Comment

भूकम्प पीडितलार्इ ह्वाइटजोनको सहयोग

White-jone

३० वैशाख, काठमाडैं । द ह्वाइट जोन नेपालले भूकम्प पीडितका लागि ४० लाख रूपैयाँ बराबरको राहत सामग्री वितरण गरेको छ । राहत वितरणका लागि अहिलेसम्म कोही नपुगेको सन्धुपाच्लाको सिम्पाल र काभ्रेका विभिन्न गाविसमा पुगेर चामल, दाल, नुन, तेल, पाल, व्लाङकेटलगायतका राहत सामग्री संस्थाका निर्देशक ग्याल्पो लामाको संयोजनमा वितरण गरेको संस्थाका सचिव निरज खड्काले जानकारी दिए ।

ह्वाइट जोनले एक हजार दुर्इ सयभन्दा बढी भूकम्प पीडितलार्इ राहत सामग्री वितरणा गरेको थियो । राहत वितरणका लागि संस्थाको नेपाल च्याप्टरका केन्द्रिय सदस्य पदम कुमार गिरी, निरज खड्का लगायतको टोली प्रभावति क्षेत्र पुगेको थियो । त्यस्तै संस्थाले ललितपुरको हरिसिद्दि, टौखेल, बाँडेलगायतका गाउँमा पनि तीन सय जना भूकम्प पीडितका लागि राहत बाँडेको थियो ।

अमेरिकामा रहेका नेपाली युवा मिलेर स्थापना भएको यो संस्थालार्इ विश्वव्यापी रूपमा अगाडि बढाएर नेपालको विकासमा योगदान गर्ने लक्ष्य राखिएको खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment