+
+

सभामुखले भने-त्रिपाल सभासदलाई होइन, दोलखा लैजाऊ

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ३० गते १६:०५

३० वैशाख, काठमाडौं । सभामुख सुवास नेम्वाङले संविधानसभा भवनभित्र पाल बाँड्ने कार्य ठीक नभएको भन्दै तत्काल ती पालहरु दोलखाका भूकम्प पीडित जनतालाई पठाउन निर्देशन दिएका छन् ।

Subas-Nemwangव्यवस्थापिका संसदको बैठकको शुरुमै सरकारलाई रुलिङ गर्दै सभामुख नेम्वाङले सभासदहरुको भावना र माग बमोजिम नै पीडित जनताले पाउने गरी ती पाल सम्बन्धित ठाउँमा पठाउन आदेश दिए ।

नेम्वाङले भने, ‘संविधानसभा भवन परिसरभित्र केही संख्यामा बाँडिएको त्रिपाल तत्काल त्यसरी बाँड्ने काम नगर्न आदेश दिइएको थियो । बाँकी सबै पाल तपाईं सभासदहरुको चाहना र इच्छा बमोजिम दोलखाका भूकम्पपीडित जनतालाई पठाउन निर्देशन दिएको छु ।’

सभामुख नेम्वाङले पीडित जनता र क्षेत्रलाई ध्यानमा राखेर त्रिपाल उपलव्ध गराउन सरकारको ध्यानाकर्षण गराए । यसअघि बैठकको शुरुमै कांग्रेस सभासद अर्जुन नरसिंह केसीले सरकारले सभासदलाई पाल बाँडेर सभासदहरुको बेइज्जत गरेको आरोप लगाए ।

यसअघि एमालेका सभासदहरुले सभामुख नेम्वाङलाई भेटेरै संविधानसभामा पाल बाँडेर सभासदको बदनाम गर्न खोजिएको भन्दै आपत्ति जनाएका थिए ।

सभासदहरुलाई वितरण गरिएको पहेंलो रंगको पाल भारतको पश्चिम बंगाल सरकारबाट नेपालका भूकम्प पीडित जनताको लागि भनी आएको बुझिएको छ ।

यो पनि पढ्नुहोस्

भूकम्प पीडितको त्रिपाल सभासदलाई बाँडियो (भिडियोसहित) 

सरकारले बाँडेको त्रिपाल एमाओवादीले दोलखामा बाँड्ने

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?