+
+

भूकम्प आएका बेला हिरासतबाट भागे आङटासी

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ १ गते ८:०८

jail

१ जेठ, काठमाडौ । भूकम्पपीडितलाई बाँड्न नेपाल सरकारले भारतबाट किनेर ल्याएको त्रिपाल निजी घरमा पुर्याएको अभियोगमा पक्राउ परेका आङटासी तामाङ हिरासतबाटै भागेका छन् ।

महानगरीय प्रहरीवृत्त बौद्धको हिरासतमा रहेका तामाङ मंगलवार आएको अर्को शक्तिशाली भूकम्पको मौका छोपेर भागेका नागरिक दैनिकमा खबर छ ।

स्रोतका अनुसार मंगलवार दिउँसोको शक्तिशाली भूकम्पपछि मानवीय क्षति रोक्न प्रहरीले हिरासतकक्षमा रहेका अभियुक्तलाई बाहिर निकालेका थिए । पहिलो भूकम्पको धक्काबाट बौद्ध वृत्तको भवन धरापमा बनेको थियो । शक्तिशाली पराकम्पनपछि हिरासतमा रहेका अभियुक्तलाई सुरक्षित स्थानमा राख्न प्रहरीले ताल्चा खोलिदिएका थियो ।

भुइँतलामा रहेको हिरासतकक्षको ढोका खुल लगत्तै जोगिन भागदौड भएपछि तामाङ त्यही मौकामा भागेका हुन् । भारतस्थित नेपाली दूतावासले किनेर पठाएको ५० लाख रुपैयाँको त्रिपाल उनले जोरपाटीमा रहेको एक निजी गोदाममा पुर्याएका थिए । राज्यकोषबाट किनेको सामान भारतबाट भैरहवा हुँदै नेपाल प्रवेश गरे पनि केन्द्रीय दैवी प्रकोप उद्धार कोषमा नपुगेपछि खोजी गर्दा जोरपाटीको निजी घरमा फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?