+
+

यस्तो छ गृहमन्त्रालयले बाँडेको राहतको सूची

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ १ गते १४:०५

१ जेठ, काठमाडौं । भूकम्पबाट पीडितका लागि अहिलेसम्म झण्डै १ लाख १२ हजार क्वीन्टल चामल प्रभावित क्षेत्रमा पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

चामल १ लाख ११ हजार १ सय ७८.७ क्वीन्टल भूकम्प प्रभावितलाई वितरण गरिएको हो । चिनी ७८५.५ क्वीन्टल, नुन १ हजार २८.५ क्वीन्टल र ५ हजार ६०३ क्वीन्टल चिराउ वितरण गरिएको छ ।

भूकम्प प्रभावितहरुले अझै त्रिपाल नपाएको गुनासो गरिरहेका बेला गृहमन्त्रालयले भने ५ लाख बढी त्रिपाल बाँडिएको दाबी गरेको छ । ५ लाख १३ हजार १ सय ७७ थान त्रिपाल/टेन्ट वितरण गरिएको मन्त्रालयले जनाएको छ । १ लाख बढी कम्बल पनि बाँडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?