+
+

जेसिजले पाँच करोड बराबरको राहत वितरण गर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ १ गते १०:१५

१ जेठ, काठमाडाैं । नेपाल जेसिजले भूकम्पपीडितहरुका लागि अहिलेसम्म झण्डै पाँच करोड बराबरको राहत सामग्रीहरु वितरण गरेको छ । देशभरका अधिकांश शाखाहरुबाट संकलित राहत सामग्रीहरु भूकम्पबाट अति प्रभावित सबै जिल्लाहरुमा वितरण गरिएको नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष धनन्जय श्रेष्ठले जानकारी दिए ।

उनले भूकम्प पीडितहरुलाई खाने, बस्ने र दैनिक उपभोग्य विभिन्न सामाग्रीहरु प्रदान गरिएको बताए । जेसिजले टेन्ट, कम्बल, जग, बाल्टिन, चामल, चाउचाउ, चिउरा, नुन, साबुन, मन्जन, विभिन्न कपडालगायतका सामग्रीहरु हरेक जिल्लाका विभिन्न ठाउँहरुमा वितरण गरेको हो । जेसिजले राहत सामग्रीहरु वितरण गर्न पुगेको अधिकांश ठाउँमा जेसिज नै पहिलो भएको अध्यक्ष श्रेष्ठले बताए ।

उनले जेसिजका शाखाहरुले संकलन गरेका राहत सामग्रीहरु अधिकांश ठाउँमा उनीहरु आफैं पुगेको पनि जानकारी दिए । सिन्धुपाल्चोकको कालिका गाविस वडा नं. २ र ३ का एक सय ७३ परिवारलाई राहत वितरण गर्न आयोजित कार्यक्रममा अध्यक्ष श्रेष्ठले आफुहरुलाई कसैले दिएको नभई आफुहरुले नै व्यक्तिगत रुपमा संकलन गरेको सामग्रीहरु वितरण गरिएको बताए ।

उनले जीवनभरी कसैसँग केही नमागी आफ्नै मेहनेतले कमाएर जीविका चलाईरहेकाहरुलाई पनि हात थाप्नुपर्ने अवस्था आएको भन्दै दिगो पुर्नस्थापनातर्फ ध्यान दिन आग्रह गरे । दलित, मगर र माझी समुदायको बस्ती भएकाले आफुहरुले कालिका गाविसको वडा नं. २ र ३ को उखुवारी र सल्लेलाई रोजेको जेसिजका महासचिव जगत पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?