+
+

‘सन्नीलाइ देश निकाला गरियोस्’

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ २ गते १०:३७

sunneyमुम्बई । हिन्दु जनजागृति समाज (एजचेएस)ले नायिका सन्नी लियोनीलाई भारतवाट देश निकाला गर्नुपर्ने र भविष्यमा भारत प्रवेश रोक लगाउनुपर्ने माग गरेको छ ।

वेभसाईटमा अश्लिलता फैलाएको र महिलाको गरिमाको अपमान गरेको अभियोगमा उनलाई देश निकाला गर्नुपर्ने माग गरिएको छ । एचजेएसका प्रवत्ता उदय धुरीले ठाणे डोबीवलीस्थित रामनगर प्रहरी प्रमुख प्रमुख सुनील शिवडकरसंग उजुरी दर्तार् गराएका छन् ।

एजचेएसका स्थानिय प्रतिनिधी अञ्जली पालनले उजुरी दर्ता गराएकी थिईन् । यसको अतिरिक्त यो संस्थाले पछिल्लो एकहप्ता यता यस्तै किसिमका दर्जन बढी उजुरी दर्ता गराएको छ । महाराष्ट्र र गोवाको विभिन्न जिल्लामा उजुरी दर्ता गरिएको धुरीको भनाई रहेको छ ।

सन्नी लियोनीको अश्लिल तस्विरको कारण भारतीय युवा बिग्रिएको र महिलाहरुको अपमान भएको धुरीको भनाई छ । ‘वेभसाईट त वालवालिकाले पनि हेर्न सक्छन् त्यसकारण यस्ता सामग्री बन्द गरिनुपर्छ ।’ धुरीले भने ।

पछिल्लो समय गुगल सर्च इन्जिनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भन्दा सन्नी लियोनीको बढी खोजी भएकोमा धुरीले चीन्ता ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?