Comments Add Comment

बन्द भयो दरबारमार्गको केएफसी रेष्टुरेन्ट

KFC

३ जेठ, काठमाडौं । दरबारमार्गमा रहेको केएफसी रेष्टुरेन्ट अनिश्चतकालका लागि बन्द भएको छ । रेष्टुरेन्ट बन्द भएपछि व्यवस्थापन र मजदुरबीच आरोप प्रत्यारोप सुरु भएको छ ।

दरबारमागको केएफसी रेष्टुरेन्ट र पिज्जा हर्ट तथा ब्लुबर्ड मलमा रहेको पीएलडी रेष्टुरेन्ट र एफसी रेष्टुरेन्ट यही वैशाख ३० गतेबाट बन्द भएको हो । व्यवस्थापन पक्षले रेष्टुरेन्ट बन्द भएको सूचना जारी गर्दै केही कर्मचारीले शारीरिक रुपमा कुटपिट र ज्यानमार्ने धम्की दिएको बताएको छ ।

जुनसुकै बेला आक्रमण हुन सक्ने भएकाले अनिश्चितकालका लागि तालाबन्दी गरिएको देवयादी इन्टरनेशनल प्रालीको सूचनामा उल्लेख छ ।

मजदुरहरुले भने आरोपको खण्डन गरेका छन् । नेपाल क्रान्तिकारी होटल तथा रेष्टुरेन्ट मजदुर संघ मुल इकाइ कमिटीले आरोप खण्डन गर्दै मजदुरहरुलाई यथास्थानमा काम गर्ने वातावरण बनाइदिन आष््रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment