+
+

भूकम्पबाट गोरखामा चार सय ४० को मृत्यु, २४ बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ ५ गते ८:५३

Gorkha Laprak after earthquake  (2)

५ जेठ, गोरखा । बारपाक केन्द्रबिन्दु रहेर गएको ‘गोरखा भूकम्प’मा परी एक विदेशी नागरिकसहित गोरखामा चार सय ४० को मृत्यु भएको छ । अझै २४ जना बेपत्ता छन् । करिब एक हजार पाँच सय भूकम्पपीडितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

जर्मनीका नागरिक प्रोफेसर डाक्टर मात्थियस् कुहलेसहित गोरखाका चार सय ४० को मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।केरौँजाको यारु बगरस्थित मनासलु पदमार्गमा हिँडिरहेका कुहले माथिबाट खसेको ढुङ्गा टाउकोमा बज्रेपछि घटनास्थलमा नै मृत्यु भएको थियो । कुहलेको शवलाई हिजै जर्मन पठाइसकिएको छ ।

‘अझै २४ जना बेपत्ता छन् । उनीहरुको खोजी कार्य भइरहेको छ’, प्रहरी निरीक्षक श्रेष्ठले भने–’पहिरोमा पुरिएकाको उत्खनन गर्न सकिएको छैन ।’

यसैबीच मनासलु पदमार्गमा गएको पहिरोभित्र पुरिएकाको उत्खननका लागि नेपाली सेनाको टोली खटिएको छ । विगत एक हप्तादेखि नेपाली सेनाको टोलीले थुमीको सोतिबजारदेखि लापुको हावाडाँडासम्म पुग्ने गोरेटो बाटो अहिले सञ्चालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?