Comments Add Comment

माधव नेपाललाई पितृशोक

Mangal-Prasad-no-more

५ जेठ, काठमाडौं । पूर्व प्रधानमन्त्री एबम् नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललाई पितृशोक परेको छ । नेपालका पिता मंगलप्रसाद उपाध्यायको ९९ वर्षको उमेर मंगलवार विहान आफ्नै निवास कोटेश्वरमा निधन भएको हो ।

बरिष्ठ नेता नेपाल संसदीय विशेष अनुगमन समितिको काठमाडौं जिल्ला अनुगमन संयोजक भएकाले विहानै भूकम्पबाट क्षतिग्रस्त राष्ट्रिय सम्पादहरुको निरीक्षणमा निस्किएका बेला पिताको निधन भएको हो ।

विहान ७ बजेर ५ मिनेटमा पिताको निधन भएको खबर पाएपछि नेता नेपाल अनुगमन छाडेर घर फर्किएको स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

खाना निल्न समस्या भएपछि ९९ वर्षीय उपाध्यायलाई गत महिना पाटन अस्पतालमा भर्ना गरिएको थियो । वैशाख १२ गते भूकम्प आउनुभन्दा केहीबेर अघिमात्र अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।

विक्रम सम्वत १९७३ साल असोज २५ गते रौतहटको गौरमा जन्मिएका मंगलप्रसाद उपाध्यायलाई त्यस जिल्लामा शैक्षिक र सामाजिक अभियन्ताको अगुवाका रुपमा चिनिन्छ । नेपालका तीन छोरा र तीन छोरी छन् ।

यो पनि पढ्नुहोस्

‘सबैतिर बिजयी हुनुपरोस्, छोराबाट पराजयमै रहनुपरोस्’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment