Comments Add Comment

लाख बत्ती वालेर पीडितले राहत पाउँछन् ?

lakh-batti-2

काठमाडौं । भूकम्प पीडितलाई राम्रै सहयोग गर्ने घोषणा गरेका थिए कलाकारसंघका अध्यक्ष नवल खड्काले । भूकम्प आएपछिका केही दिन धादिङ, नुवाकोट काभ्रे लगायतका गाउँ पुगेर केही पोका चाउ बाँडेको तस्बिर फेसबुकमा शेयर गरेका नबल अहिले पशुपतिमा लाखबत्ती बाल्न पुगेका छन् ।

लाखबत्ती बाल्नु आफैमा नराम्रो काम नहोला तर, यो बेला पशुपतिमा लाखबत्ती वालेर र गुम्बामा दिप प्रज्वलन गर्दैमा पीडितहरुले राहतको अनुभुति गर्न सक्दैनन् । उनको यो अभियानमा निर्देशक सुमन दाहाल, बसुन्धरा भुषाल भुवन चन्द लगायतका कलाकार सहभागी छन् ।

भूकम्प आएकै दोस्रो दिनदेखि माइकिङ गर्दै भूकम्प पीडितका लागि राहत संकलनमा पूजनाले धादिङ लगायत अन्य केही ठाउँमा आफैंले जम्मा गरेको राहत वितरण गरिन् । पछिल्ला दिनमा राहत संकलनमा उनको सक्रियता नबढ्दा उनि पनि औपचारिकतामै सिमित भएको हो कि भनेर गुनासो गर्नेहरु बढेका छन् ।

‘धेरै कलाकारले समाजलाई सघाउन भन्दा पनि फेशबुकमा फोटो हाल्न काम गरे जस्तो देखियो ।’ एक सर्वसाधारणले अनलाइनखबरसँग कुरा गर्दै भने ।

lakhbatti

निर्माता संघ मौन

भूकम्पको महाविपत्तिमा नेपाली कलाकारहरुले केही सामाजिक ब्यबहार प्रस्तुत गरे । आर्यन सिग्देल, केकी अधिकारी, बेनिशा हमाल, झरना थापा, दीपकराज गीरी, दिपाश्री निरौला, सिताराम कट्टेल, कुञ्जना घिमिरे, कोमल वलीलगायतले राम्रै सहयोग गरे ।

तर, आफुलाई चलचित्रकर्मीहरुकै अग्रणी संस्था मान्ने निर्माता संघले आजसम्म औपचारिक रुपमा कुनै घोषणा गरेको छैन । राहत वितरण र पूर्ननिर्माणमा पनि निर्माताहरुको उपस्थिती असाध्यै पातलो छ । जबकि हलवालाहरुको संघ चलचित्र संघले साता अघि नै दुई लाख रुपैया आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment