Comments Add Comment

सञ्चालकको प्रलोभनमा अपार्टमेन्टमा पूर्वाग्रही स्टिकर

७ जेठ, काठमाडौं । गत १२ वैशाखमा गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेका भौतिक संरचनाहरुको क्षति आँकलन र निरीक्षण गर्न खटिएको सहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियरहरुको टोलीले अपार्टमेन्ट तथा व्यापारिक केन्द्रका सन्चालकहरुको आर्थिक प्रलोभनमा परी पूर्वाग्रही ढंगले स्टिकर टाँस गरेको भेटिएको छ ।

सीटीसी मल
सीटीसी मल

अपार्टमेन्टका प्रभावमा परेका इन्जिनियरहरुले बस्नै नमिल्ने घरहरुलाई समेत पहँलो स्टिकर टाँसेको आरोप अपार्टमेन्टमा बसोबास गर्दै आएकाहरुले लगाएका छन् ।

इन्जिनियरहरुले निरीक्षणको क्रममा हरियो स्टिकर टाँस गरेका भवनहरुमा समेत एक साता नबित्दै बस्नै नमिल्ने गरी भत्किएपछि यस्तो तथ्य बाहिर आएको आर्थिक राष्ट्रिय दैनिकमा समाचार छ ।

काठमाडौंको सुन्धारामा रहेको सीटीसी मललाई निरीक्षणका लागि गएका इन्जिनियरहरुको टोलीले पहेँलो स्टिकर लगाएका थिए । सुन्धारास्थित केन्द्रीय कारागारसँगै रहेको उक्त मलमा एमालेका तर्फबाट समानुपातिक सभासद समेत रहेका इच्छाराज तामाङको लगानी रहेको छ । स्रोतकाअनुसार रातो स्टिकर टाँस्दा मासिक लाखौंको आम्दानी गुम्ने भएपछि सागरकृष्ण जोशीको नेतृत्वमा खटिएको ६ सदस्यीय टोलीले आर्थिक प्रलोभनमा परी सामान्य मर्मत गर्न मिल्ने भन्दै पहेँलो स्टिकर लगाएको समाचारमा उल्लेख छ ।

त्यसैगरी सानेपाको सनराइज अपार्टमेन्टको क्षतिको निरीक्षणमा खटिएको टोलीको पनि पूर्वाग्रह स्पष्टै देखिएको छ । बाहिरबाट समेत क्षति प्रष्टै देखिने उक्त अपार्टमेन्टमा सामान्य मर्मत गरेर बस्न सकिने बताइएको छ ।

यी अपार्टमेन्टबाहेक ताहाचलको कलश अपार्टमेन्ट, कुलेश्वरको मेट्रो अपार्टमेन्ट, कुलेश्वर अपार्टमेन्ट फेज वान लगायतका अपार्टमेन्टमा समेत भित्री भागमा धेरै क्षति भए पनि पहेँलो स्टिकर लगाएको समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment