Comments Add Comment

४३ वर्ष लागे करण जौहर, जान्नुहोस् उनका रहस्य

कुछ कुछ होता है, कभी खुसी कभी गम जस्ता चर्चित चलचित्र बनाएका करण जौहर ४२ वर्ष पूरा भएर ४३ लागेका छन् । हालै खलनायकको भूमिकामा ‘बम्बे ब्यालेट’ मा अभिनय गरेका उनले खलनायक भएर कमाल गर्न भने सकेनन् ।

तर, पनि उनलाई सर्वगुण सम्पन्न ब्यत्तित्व भनिन्छ । बलिउडमा ५ सर्वगुण सम्पन्न ५ अवतार भएको ब्यक्ति मानिन्छन् उनी । यस्ता छन् उनका केही रहस्य ।

निर्देशकः करण जौहरको सबै भन्दा सफल अवतार हो निर्देशन । कुनै बेला हिरो बन्ने इच्छा राख्ने यी हँसीला निर्देशक केही लजालु पनि छन् । उनमा भएको लजालु प्रबृत्तिकै कारण क्यामेरा अगाडी काम गर्न नसकेको भन्नेहरु धेरै छन् ।

बलिउडमा उनको सुरुवाती सहायक निर्देशकवाट भएको थियो । सन १९९५ मा उनले आदित्य चोपडाको फिल्म ‘दीलवाले दुल्हनीया ले जायेंगे’ मा सहायक निर्देशक भएर काम गरेका थिए ।karan-johar

अभिनेताः धेरैलाई थाह होला उनले अभिनय पनि ‘दीलवाले दुल्हनीया लेजाएंगे’ वाटै गरेका थिए । उक्त चलचित्रमा उनले शाहरुख खानको साथीको भुमिका निर्वाह गरेका छन् ।

तर, उनले अभिनयलाई निरन्तरता दिन चाहेनन् । ओम शान्ति ओम, फेशन लगायतका फिल्ममा अतिथी कलाकार भएर अभिनय गरेका छन् ।

कष्ट्युम डिजाइनरः थोरै मान्छेलाई मात्रै थाह छ करण कष्ट्युम डिजाईनर पनि हुन् । प्राय कालो र गहिरो रंगको कपडामा देखिने करणले आफ्ना मित्र शाहरुख खानको केही फिल्ममा ड्रेस डिजाईन गरेका छन् ।

कुनै पनि फेशनको लेटेष्ट डिजाईनका विषयमा चासो राख्ने करणले डीडीएलजे, दील तो पागल है, डुब्लीकेट्स, मोहब्बतें, वीर जारा लगायतका फिल्ममा डे्रस डिजाईन गरेका छन् ।

कार्यक्रम प्रस्तोताः करण जौहरले पहिलो पटक सन २००४ मा टेलिभिजन शो ‘कफी वीथ करण’ सुरु गरे । उक्त कार्यक्रममा फिल्मक्षेत्रका सबै हस्ती सहभागी छन् ।

यो शो यसकारण पनि चर्चित भएको धेरै गशिप यही कार्यक्रमवाट जन्मिए । त्यसो त उनले रियालिटी शो ‘इण्डियाज गट ट्यालेण्ट’ मा पनि जजको भुमिका निर्वाह गरेका छन् ।

कोरियोग्राफरः उनी एउटा कुशल कोरियोग्राफर पनि हुन् । सन २०१२ मा ‘स्टुडेण्ट अफ द इयर’ मा करणले कोरियोग्राफरको भुमिका निर्वाह गरेका छन् । यस फिल्मको लोकप्रिय गीत ‘राधा’ को डान्स स्टेप करणले नै सिकाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment